एमालेका डेड्दर्जन कार्यकर्ता माओवादीमा

 शुक्रबार, चैत्र ११, २०७३ | onlinenews
Share this

    चैत्र ११ रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका अन्तर्गत गौश्वारा नेकपा एमालेका डेड्दर्जन कर्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका नेता अम्बिकाप्रसाद गजुरेलले बताए ।
माओवादी पार्टीका केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको दोरम्बा गाउँपालिका अन्तर्गत गौश्वारा–काठमाडौं संघीय जनसम्पर्क मञ्चको भेलाकाबीच एमाले कार्यकर्ता माओवादीमा गएका हुन् ।
भेलाबाट गौतम घिसिङको नेतृत्वमा मिठ्ठे श्रेष्ठ, हरि थापामगर, दिपक थापामगर, नरे थापामगर, गोपि श्रेष्ठ, गौतम लामा, ललित थापामगर, तारा थापामगर, निलबहादुर श्रेष्ठ, कर्णबहादुर मगर, गोपाल थापामगर, सबिन थापामगर प्रज्वल थापामगर, काले थापामगर, हरि थापामगर, झुमबहादुर थापामगर, राजे थापामगर, विजय थापामगरलगायत एमाले कार्यकर्ता आफ्नो पार्टीमा आएको माओवादी केन्द्रले जनाएको छ ।
नव प्रवेशीहरुलाई भेलाका प्रमुख अतिथि आहुति र अर्का अतिथि युवराज चौलागाईंले अविर लगायर पार्टी प्रवेश गराएका थिए ।

Share this

प्रतिकृया

Add