रत्न गौतमले दिए जिल्ला अस्पताललाई १ हजार थान एण्टिजीन टेस्ट किट

 बुधबार, जेष्ठ ५, २०७८ | onlinenews
Share this

रामेछाप– निर्माण ब्यवसायि तथा नेपाल एमाले बागमती प्रदश सदस्य रत्नप्रसाद गौतमले जिल्ला अस्पताल रामेछापलाई १ हजार थान एन्टिजीन टेस्ट किट प्रदान गरेका छन् ।
दोस्रो भेरियण्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण गाउँगाउँमा फैलिरहेको अवस्थामा संक्रमण रोकथान तथा नियन्त्रणको सहयोग पु¥याउने उद्देयले एमाले नेता तथा निर्माण ब्यवसायि गौतमले जिल्लामा अस्पताललाई एन्टिजीन टेष्ट किट प्रदान गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण भए नभएको तुरुन्तै पत्ता लगाउने एण्टिजीन र्यापिड टेस्ट किट बुधबार साँझ रामेछापको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुमार्फत् जिल्ला अस्पताल रामेछापलाई हस्तान्तरण गरेका हुन् ।


जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनमार्फत् हस्तान्तरण गरिएको एण्टिजीन र्यापिड टेस्ट कटिले विगतमा प्रयोगमा आए जस्तो आर.डि.टी नभएको र यो एण्टिजीनमा सम्भावित संक्रमितको स्वाब नै राखी परिक्षण गरिने अध्यक्ष पाख्रिन बताए ।
पसिआर मार्फत् स्वाब संकलन गर्दा समय धेरै लाग्ने तर यो एण्टिजीनले तुरुन्तै संक्रमित पत्ता लगाउने भएकाले संक्रमित पहिचान गर्न सजिलो हुने एन्टिजीन विज्ञलाई उद्धृत गर्दै नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले बताए ।
उक्त एन्टिजीन किट भोलिबाटै प्रत्येक गाउँपालिकामा प्रति गाउँपालिका १ सय वटाको दरले २ वटा नगरपालिकामा २ सयका दरले वितरण गरिने प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजु बताएका छन् । टेस्ट किट हस्तान्तरण कार्यक्रममा बोल्दै प्रजिअ सैँजुले ‘रत्न गौतम जस्ता अन्य सहयोगी महानुभावहरु पनि आफ्नो जिल्लाको लागि लागिपर्नु आवश्यक भएको बताए । उहाँहरुको सहयोगले जिल्लाका नागरिकहरुका लागि कोरोनाबाट जोखिने आशा बलियो भएर जाने बताउँदै जिल्लाका व्यापारी व्यवसायी तथा सामाजसेवी महानुभावहरुलाई यो विषम परिस्थितिमा नागरिकलाई सहयोग गर्न आग्रह गर्दछु, प्रजिअ सैजुले भने ।’
व्यवसायी, समाजसेवि तथा नेता रत्नप्रसाद गौतमले जिल्लालाई आइपरेको आपतमा आफूहरुले टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै आपूmले सक्ने सकेको सहयोग गरेको प्रतिक्रिया दिए । एण्टिजीन टेस्ट किट मात्र नभई जिल्लाका लागि अझै धेरै सहयोग गर्ने सोच बनाएका छौं उनले भने ।

Share this

प्रतिकृया

Add