सैनिक जवानको हत्या गरि फरार तीन अभियुक्त २ वर्षपछि पक्राउ

 शुक्रबार, जेष्ठ ७, २०७८ | onlinenews
Share this

सिरहा– सैनिक जवानको हत्या गरि दुई वर्षदेखि फरार रहेको तीन अभियुक्तलार्ई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरि सार्वजनिक गरेको छ । सैनिक जवानको अपहरण गरि हत्या हत्या गरेको अभियोगमा बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीका ३९ वर्षिय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र शाहलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।
२ वर्ष अघि २५ वर्षिय सैनिक अनिस कुमार सिंहलाई वीरेक्षण यादबको घरमा चोरी आरोमा नियन्त्रणमा लिई ३ घण्टा भन्दा बढी समय बिजुलीको खम्बामा हातखुट्टा बाधेर निर्ममतापूर्वक कुटपीट गरेका थिए । कुटपिटबाट सख्त घाइते भएको सिंहको उपचारको क्रममा सैनिक अस्पताल छाउनीमा मृत्यु भएको थियो ।
ती अभियुक्तहरुलाई गाउँमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरुलाई थप कारबाहीको लागि जिल्ला अदालत सिरहामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी शालिग्राम शर्माले पौडेलले जानकारी दिए ।

Share this

प्रतिकृया

Add