एमाले नेता गौतमद्धारा ११६५ थान स्वास्थ सामग्री प्रदान

 मङ्लबार, जेष्ठ ११, २०७८ | onlinenews
Share this

रामेछाप– रामेछाप जिल्लामा कोरोना भाइरसको संक्रमण बद्दो क्रममा रहेको अवस्थामा समाजसेवि तथा नेकपा एमाले रामेछापका नेता रत्न प्रसाद गौतमले विभिन्न १ हजार १ सय ६५ थान स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
नेता गौतमले जिल्लाको सबै नगरपालिका, गाउँपालिका तथा स्वास्थ्य संस्थाहरुमा वितरण गर्नेगरि जिल्ला स्तरीय (कोभिड–१९) संकट ब्यवस्थापक केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई हस्तान्तरण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारीलाई हस्तारण गरिएका स्वास्थ्य सामग्रीहरुमा पिपिई सेट ५ सय ५५ थान, अक्सिजन सहित ठूलो साइजको सिलिन्डर ६० थान, एन्टिजीन किट ३ सय थान, एन नाइन्टि फाइब मास्क २ सय थान र अक्सिजन नाप्ने अक्सिमिटर ५० थान रहेको छ ।


गौतमले नेकपा एमाले जिल्ला समिति रामेछापद्धारा उक्त स्वास्थ्य सामग्री जिल्ला स्तरीय (कोडिभ–१९) संटक ब्यवस्थापन केन्द्रलाई हस्तान्तरण हुन् । स्वास्थ्य सामग्री नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ र सामग्री दाता रत्न गौतमको तर्फबाट प्रतिनिधि अमित कार्कीले प्रजिअ सैजुलाई हस्तान्तरण गरेको नेकपा एमाले रामेछापका सचिव पुरुसोत्तम कडरियाले जानकारी दिए ।
बिरामीको स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनमा रहेर काम गर्नेहरुको सुरक्षा हुुन सकेमा मात्रै विरामीको उपचार र संक्रमण रोकथान तथा नियन्त्रणमा सहयोग पुग्छ भन्ने मान्यताले स्वास्थ्य सामग्री प्रदान गरिएको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताए । नेकपा एमाले रामेछापकै पहलमा जिल्लामा पहिलो पटक अक्सिजन प्लान्ट स्थापना हुन लागिरहेको पनि अध्यक्ष श्रेष्ठको भनाई छ ।


अहिले पैसा भए पनि स्वास्थ्य सामग्री किन्न नपाइने अवस्था रहेको भन्दै उपयोगि सामग्री प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले बताए । प्राप्त भएको स्वास्थ्य सामग्री तत्कालै सबै नगरपालिका, गाउँपालिका तथा स्वास्थ्य संस्था र सम्बन्धित पक्षलाई वितरण गरिने प्रजिअ सैजुले बताए ।

Share this

प्रतिकृया

Add