शिलान्यास भइसकेको अस्पताल अन्यत्रै सार्न लागिएकोमा माओवादी केन्द्रको आपत्ति

 शुक्रबार, जेष्ठ १४, २०७८ | onlinenews
Share this

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र लिखु तामाकोशी गाउँकमिटी, रामेछापले हाल बन्न लागेको १५ वेडको अस्पताल शिलान्याश गरिसकिएको अवस्थामा अन्यत्रै सार्न लागिएको भन्दै आपत्ति जनाएको छ ।
संघीय सरकारको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम अनुसार लिखुतामाकोशी गाउँपालिकामा परेको १५ शैयाको अस्पताल वडा नं.४ नागीमा बनाउन लागिएको थियो । गाउँपमा अस्पताल बन्ने भएपछि त्यहाँका स्थानीयले खुसियालीमा अस्पताललाई ९ रोपनी जग्गा समेत निःशूल्क प्रदान गरेका थिए ।
सो अस्पताल निर्माणका लागि बागमती प्रदेशसभाका सांसद शान्तिप्रसाद पौडेलले शिलान्यास गरेका थिए । गाउँपालिकाभरीको जनतालाई पाएक पर्ने गरि निर्माण हुन लागेको स्थानबाट अन्यत्रै सार्न लागिएको भनेर सञ्चार माध्यममा आएका सामचारप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको माआवादी केन्द्र लिखु तामाकोशी गाउँकमिटीले जनाएको छ ।
यस्ता जनविरोधी कार्यको घोरभत्र्सना गर्दछौँ, विज्ञप्तिमा भनिएको छ । संघीय सरकारले योजना तय गर्दा लिपिबद्ध गरिएको ठेगानालाई आधार बनाई हाल अस्पताल सार्न लागिएको स्थानमा विगतदेखि नै एमविविएस डाक्टरको दरबन्दीसहित प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको र भौगोलिक दृष्किोणले पनि त्यस क्षेत्र अपायक रहेको विज्ञप्तिमा उल्लेख छ ।
विगतदेखि वर्तमानसम्म जनताको नाम बेचेर आफ्नो निजी स्वार्थपूर्ति गर्न आवश्यक्ता अनुसार पार्टी वा गुट परिवर्तन गरेरै भए पनि सँधैभरी सत्ताको वरिपरि रमाउन बानी परेका कथित सत्ताधारी पार्टीका स्थानीय नेतृत्वहरुको षड्यन्त्र एवं तिकडममा पालिकाको केन्द्रमा बन्न लागेको अस्पताल सार्न नहुनेमा माओवादी केन्द्रले जोड दिएको छ ।
यसरी शिलान्य भइसकेको स्थानबाट बन्न लागेको अस्पताल अन्यत्रै सार्न खोज्नु सिङ्गो गाउँपालिकाको जनस्वास्थ्य माथिको खेलवाड हुने माओवादीको ठहर छ । त्यस्तो षड्यन्त्र र तिकडममा नफस्न सम्बन्धित गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाका सदस्यहरुलाई समेत माओवादीले अनुरोधन गरेको छ ।
प्रदेश नं. १ मा रहेको छिमेकी जिल्ला ओखलढुंङ्गाको लिखु गाउँपालिकामा समेत पालिकाले केन्द्रभन्दा फरक ठेगाना कायम भई आएको १५ शैयाको अस्पताल निर्माणको योजनामा गाउँ कार्यपालिकाको बैठकबाट ठेगाना संशोधन गरी केन्द्रमा अनुरोधन गर्दा केन्द्र सरकारले सोही बमोजिम गरिदिएको तथ्यलाई नविर्सन समेत सम्बन्धित पक्षललाई माओवादीले अनुरोध गरेको छ ।
उक्त जनविरोधी कदमको विरुद्धमा आ–आफ्नो ठाउँबाट संघर्ष गर्न स्थानीय राजैतिक दल, बद्धिजिवी, शिक्षक, न्यायप्रेमी समुदायलाई अपिल गर्दछौं माओवादी केन्द्र लिखु तामाकोशीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

Share this

प्रतिकृया

Add