स्वर्गद्वारी जिप दुर्घटनामा ६ को ज्यान गायो

 शुक्रबार, चैत्र ११, २०७३ | onlinenews

    चैत ११ प्यूठान – काठमाडौँबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि गएको स्कार्पियो जीप भिङ्ग्री–६ रुमाले भन्ने स्थानमा शुक्रबार दुर्घटना भएको छ ।
स्थानीय दुर्गा भुषालका अनुसार जीग सडकबाट २ सयमिटर तल खसेको र जीप क्षतविक्षत अवस्था रहेको छ । दुर्घटना स्थल स्वर्गद्वारीबाट करिब ३ किलोमिटर तल पर्दछ । अहिले स्थानीयले उद्धारा गरिहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार बा ८ च १५६१ नम्बरको गाडीमा ९ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको र तीन जना घाइते रहेको प्रहरीलाई उद्धृत गर्दै पौडेलले बताए ।
घाइते मध्ये ललितपुर गोटिखेलका सरोज घले सहति  २ महिला रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु हुने सनाखत हुन सकेको छैन । मृत्य मध्यय दिनेश पोख्रेलको नाम खुले पनि उनको पनि ठेगाना खुलेको छैन ।

प्रतिकृया

Add