नेकपा एमाले रामेछापद्धारा उमाकुण्ड गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तण

 शुक्रबार, जेष्ठ १४, २०७८ | onlinenews
Share this

रामेछाप– नेकपा एमाले रामेछापद्धारा उमाकुण्ड गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । समाजसेवि, निर्माण ब्यवसायि तथा नेकपा एमाले रामेछापका नेता रत्नप्रसाद गौतमले आफ्नो पार्टी मार्फत स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले उमाकुण्ड गाउँपालिकालाई ५ हजार थान मास्क, २ सय थान पञ्जा, ग्याँस सहितको अक्सिजन सिलिण्डर ठूलो साइजको ९ थान, २ सय थान डब्लू एचओ मान्यता प्राप्त एन्टिजीन किट र ५ वटा नर्मल बेड प्रदान गरिएको नेपाल एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए ।


त्यसैगरी ३ सय थान एन्टिजीन किट जिल्ला अस्पताल रामेछापलाई प्रदान गरिएको पनि श्रेष्ठले जानकारी दिए । निर्माण ब्यवसायि गौतमले पार्टी मार्फत प्रदान गरेको डब्लू एचओ मान्यता प्राप्त एन्टिजीन किट मध्य ३ सय थान जिल्ला अस्पताल रामेछाप तथा २ सय थान उमाकुण्ड गाउँपालिकालाई प्रदान गरिएको र बाँकी ५ सय थान जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रमा रहेको र त्यो किट जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा वितरण गर्ने पनि अध्यक्ष श्रेष्ठ हाम्रो अनलाइन न्यूजलाई जानकारी दिए ।
त्यसैगरी मन्थली नगरपालिका–८ चिसापानी आयुर्वेद औषधालायलाई अक्सिजन सहितको ३ थान, भटौली स्वास्थ्य चौकीलाई २ थान र लिखु तामाकोशी गाउँपालिकालाई ४ थाना सिलिण्डर प्रदान गरेको छ ।

Share this

प्रतिकृया

Add