रञ्जीतको ठाउँमा आज पुरी नेपाल आउँदै

 शुक्रबार, चैत्र ११, २०७३ | onlinenews

काठमाडौं, चैत ११– नेपालका लागि नयाँ भारतीय राजदूत मन्जिवसिंह पुरी शुक्रबार नेपाल आउँदै छन् । अघिल्ला राजदूत रन्जीत रे ले अवकास पाएपछि उनको स्थानमा पुरी आउन लागेका हन् । रे फागुन अन्तिमसाता आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किसकेका छन् ।
भारतले मन्जिवसिंहलाई राजदूतको रुपमा नियुक्त गरेको पत्र नेपाललाई पठाएपछि उनको नामा नेपालले अनुमोदन गरेको थियो । नेपालका लागि नयाँ राजदुत पुरीले यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत भएर काम काम गरेका थिए ।
संयुक्त राष्ट्रसंघका लागि पनि भारतीय प्रतिनिधिको रूपमा काम गरिसकेका पुरी सन् १९८२ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।

प्रतिकृया

Add