पुरानागाउँ स्वास्थ्य चौकीलाई अक्सिजन र फ्लो मिटर सहयोग

 बिहिबार, जेष्ठ २०, २०७८ | onlinenews
Share this

रामेछाप– मन्थली नगरपालिका–९ मा रहेको पुरानागाउँ स्वास्थ्य चौकीलाई अक्सिजन र फ्लो मिटर प्रदान गरिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले रोटरी क्लब आफ सैबु भैसीपाटीको सहयोगमा नेपाली काँग्रेस पुरानागाउँ–काठमाडौं सम्पर्क समितिले अक्सिजन र फ्लो मिटर प्रदान गरेको हो ।
पुरानागाउँ स्वास्थ्य चौकीको माग बमोजीम १० लिटरको अक्सिजन सिलिण्डर एक थान र फ्लोमिटर २ थान प्रदान गरिएको मन्थली नगरपालिका–९ का अध्यक्ष बुद्धिबहादुर पुलामी मगरले जानकारी दिए ।


यस अघि पनि नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्मला बस्तकोटी, निरु खड्का, नेपाली काँग्रेस ललितपुर महानगरपालिका सभापति राजेश महर्जनको पहलमा सर्जिकल मास्क, पञ्जा लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको वडा अध्यक्ष मगरले जानकारी दिए ।

Share this

प्रतिकृया

Add