गजल

 शनिबार, असार ५, २०७८ | onlinenews

राजु बिक्रम बस्नेत


खेल जालझेलको गरेर, बिरासत बनायौ ।
रमायौ तिमी,सहयोद्दालाई मर्माहत बनायौ ।

लासको टेकेर, लिस्नुमा चढ्न शिखरहरू,
दलित, जनजाती, गरिबलाई साहदत बनायौ ।

लुकायौ आफ्ना सन्ततीलाई अनि लुक्यौ आफू,
देशभक्त, इमान्दार सोझालाई भूमिगत बनायौ ।

सपनाहरू सुन्दर, बाँडी बर्गबिहिन समाजको,
युद्धका निम्ति यूवाहरूलाई सहमत बनायौ ।

गरी कलह, मित्र शक्तिसँग बढाउँदै छौ दूरी
जोडेर गला, बर्ग शत्रुसँग निच मकसद बनायौ

प्रतिकृया

Add