एसिया कप खेल्ने टोलीको विदाई

 शनिबार, चैत्र १२, २०७३ | onlinenews

काठमाडौं, चैत १२ – एसिया कप छनौटको आफ्नो पहिलो खेल खेल्न शनिबार फिलिपिन्स जाने राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको कार्यक्रममा खेलाडीलाई शुभकामना दिँदै युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले नेपाली टोली नेपाल र नेपालीलाइ फेरी पनि जितको खुशी दिनेमा आफू ढुक्क रहेको बताउनुभयो । फुटबलका संरचना विकासको लागि आगामी बजेटमा ठूलो रकम खर्च तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।
आउँदो मंगलबार फिलिपिन्सँग हुने खेलको लागि चैत २ गते २० सदस्यीय नेपाली घोषणा भएको थियो । नेपाली टोलीमा अनिल गुरुङ्ग परेका छैनन् भने चोटका कारण टिममा युवा स्ट्राइकर नवयुग श्रेष्ठ पनि टिम बाहिर छन् ।
संरचना निर्माणको लागि आफूले निकै पहल गरेपनि लामो विधी प्रक्रियाका कारण काम चाँडो हुन नसकेको स्वीकार गर्नुभयो । एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले विभिन्न कारणले कुनै देशसँग नेपाली टोलीले अभ्यास खेल्न नपाए पनि तर फिलिपिन्ससँग ढुक्क खेल्न आग्रह गर्नुभयो । कप्तान विराज महर्जनले नेपाल भन्दा फिलिपिन्स बलियो देश भएपनि आफुहरु जित्नकै लागि मैदान उत्रने बताउनुभयो ।
समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ ।  नेपाल रहेको समूह ‘एफ’ मा ताजकिस्तान, यमन र फिलिपिन्स रहेका छन् । नेपालले होम एण्ड अवे पद्धति अनुसार यी ३ देशसँग ६ खेल खेल्ने छ ।

प्रतिकृया

Add