दुई पालिकाका दश स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान

 सोमवार, असार ७, २०७८ | onlinenews
Share this

रामेछाप– खाँडादेवी र सुनापति गाउँपालिकाका १० वटा स्वास्थ्य संस्थाहरुलाई फर्निचर, औषधी तथा उपकरण प्रदान गरिएको छ । पिएसएफ लक्जेवर्गको आर्थिक सहयोग तथा तेरे दे जोम्स जर्मनी मार्फत सामुदायिक विकास समाजद्वारा संचालित महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाको सहयोगमा स्वास्थ्य संस्थाहरुलाई सामाग्री उपलब्ध गराइएको हो ।
स्वास्थ्य संस्थाहरुको आवश्यकता र माग बमोजिम सामाग्री उपलब्ध गराइएको हो । जसमा खाँडादेवीका मझुवा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई मझुवा, स्वास्थ्य चौकी खाँडादेवी, गाउँघर क्लिनिक चोप्राङ र स्वास्थ्य चौकी राकाथुमलाई गरि ड्रेसिङ सेट–५ थान, सुचरिङ सेट–२ थान, वयट मेसिन–१० थान, डेन्टल सेट–५ थान, मेडिकल ट्रलि ३ थान, डेलिभरी सेट–६ थान र इन्प्लान्ट सेट–६ थान प्रदान गरिएको हो ।


त्यसैगरी सुनापति गाउँपालिकाका ५ वटा स्वास्थ्य संस्थाहरुलाई पनि स्वास्थ्य उपकरण तथा औषधी उपलब्ध गराइएको छ । जसमा स्वास्थ्य चौकी दिमीपोखरी, मानपुर सामुुदायिक स्वास्थ्य इकाई, चाँपश्वरा गाउँघर क्लिनिक, खनियापानी स्वास्थ्य चौकी, भीरकोट सामुदायिक स्वास्थ्य इकाईलाई सामाग्री उपलब्ध गराइएको हो । सामाग्रीहरुमा ड्रेसिङ सेट–५ थान, सुचरिङ सेट–२ थान, वयट मेसिन–१० थान, डेन्टल सेट–५ थान, मेडिकल ट्रलि– २ थान, डेलिभरी सेट–४ थान र इन्प्लान्ट सेट–४ सेट, ड्रेसिङ टेवल–२ वटा, अटोक्लेभ–२ सेट, एएनसी र पिएनसी वेड–२ सेट लगाएत २१ प्रकारका औषधी उपकरण उपलब्ध गराएको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए ।
स्वास्थ्य सामाग्री बुझ्दै खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले नियमित रुपमा स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएको परियोजनाले कोभिडको विषम परिस्थितिमा पनि थप सहयोगले स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुगेको बताए । कोभिड–१९ अस्थायी अस्पताल स्थापना लगायत स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामग्रीले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितहरुको स्वास्थ्य उपचारमा सहयोग पुगेको सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले बताइन् ।
स्मरण रहोस् परियोजनाले खाँडादेवी गाउँपालिकाका वडा नं. १, २ र ७ मा २०१३ देखि र सुनापति गाउँपालिकामा सन् २०१७ देखि स्वास्थ्य र सरसफाइको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Share this

प्रतिकृया

Add