समाजसेवि चौहानद्धारा आफ्नो जन्मदिनमा पीडितलाई आर्थिक सहयोग

 बिहिबार, असार १०, २०७८ | onlinenews
Share this

रामेछाप– युवा व्यावसायि एवं समाजसेवी कमल चौहानले आफ्नो जन्मदिनमा विभिन्न रोगका पीडितलाई आर्थिक सहयोग गरेका छन् । आफ्नो जन्मदिनमा उनले दुर्घटनामा परेका पीडित मधुकर खड्का र क्यान्सर पीडित राजकुमार पौडेललाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् ।
सधैं आफ्नो नाफालाई समाज सेवामा लगाउँदै आएका चौहान भन्छन् मलाई करोडौंको महल हैन करोडौंको मन जित्नु छ । चौहान माहमारी बेला बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका ब्यक्ति हुन् । देशमा अहिले नयाँ कोरोनाको भेरियन्ट चलिरहेका बेला ४ वटा फरक फरक अभियान आर्थिक सहयोग गरिसकेका छन् ।


नेपाल पत्रकार महासंघ दोलखाको कल्याणकारी कोषमा १५ हजार ५ सय रुपैयाँ, पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार ‘संकट ब्यबस्थापन कोषमा’ १० हजार तथा दोलखामा हाल चलिरहेको ‘अक्सिजन किन्न एक हजार’ अभियानलाई पाँच हजार रुपैयाँ र क्षेत्रपा कोभिड नियन्त्रण अभियानलाई पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।
मन्थली नगरपालिका–१३ फुलासीका चौहान लामो समयदेखि दोलखाको चरिकोटमा ब्यवसाय गर्दै आएका छन् । आफ्नो जन्मदिनमा समेत क्यान्सर पीडितलाई आर्थिक सहयोग तथा अनाथालयलाई खाद्यान्न सहयोग गर्दै आएका थिए । उनी दोलखाबाट सञ्चालित अनलाइन संस्करण ओके कान्तिपुरका निर्देशक समेत हन् ।

Share this

प्रतिकृया

Add