प्रतिभा सापकोटा “तीज हुने भयो ठिस”

 शनिबार, असार १९, २०७८ | onlinenews

रामेछाप– नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई विशेष रुपमा लिने गरिन्छ । विशेषगरी नारीहरुले यो पर्व धुमधामसाथ मनाउने गर्दछन् । यो पटक चर्चित एवं लोकप्रिय गायिका प्रतिभा सापकोटाको तीज ठिस भएको छ । तर उनले मनाउने तीज भने हेर्न बाँकी नै छ । तर उनको स्वरमा सजिएको नयाँ तीज गीत “यसपालिको तीज हुने भयो ठिस” बजारमा आएको छ ।
मदन ढकालको शब्द तथा तीर्थ खत्रीको लय रहेको उक्त गीतमा प्रतिभा सापकोटा, मदन ढकाल, तीर्थ खत्री र टीका सानूको स्वर रहेको छ । गौरव गिरीद्वारा निर्देशीत उक्त गीतको म्यूजिक भिडियो टीका सानुको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । पछिल्लो समय टिकटक प्रयोग कर्ताको रोजाइमा परेको यो गीत टिकटकमा समेत भाइरल बनिरहेको छ ।

प्रतिकृया

Add