मिर्गौला पीडितको उपचारको लागि स्थानीय युवाहरुको सहयोग

 सोमवार, असार २८, २०७८ | onlinenews
Share this

रामेछाप– दोरम्बा शैलुङ्ग गाउँपालिका–४ गौश्वाराका मिर्गौला पीडित हरि मगरको उपचारको लागि स्थानीय युवाहरुले आर्थिक संकलन गरेका छन् । स्थानीय युवाहरु मिलेर मिर्गौला पीडित मगरको उचारको लागि आर्थिक सहयोग जुटाएका हुन् ।
रोजगारीको सिलसिलामा विदेशमा रहेका तथा स्वदेशमा रहेका २० जना युवाहरुले ४ हजारका दरले आर्थिक सहयोग गरेका छन् । मिर्गौला पीडितलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले २० जना युवाहरु मिलेर ८० हजार रुपैयाँ आर्थिक सहयोग सहयोग जुटाएर पीडितलाई हस्तान्तरण गरेका हुन् । ।
आर्थिक सहयोग गर्ने युवाहरुमा श्याम मगर, सुनिल मगर, जिवन मगर, तेज मगर, ज्ञान मगर, सुवास मगर, सविन मगर मिलन मगर, अंकित मगर, निशामाया मगर, अनिल मगर, पूर्ण मगर, निशान मगर, कृष्ण मगर, प्रदिप मगर, कर्ण मगर, अमृत मगर, लक्ष्मी मगर, सन्दीप मगर र ललि मगर रहेका छन् ।


ती युवाहरु सबैले ४ हजारका दरले रकम संकलन गरेका हुन् । मिर्गौला पीडित मगरको परिवारको आर्थिक अवस्था कम्जोर भएकाले उपचार खर्च जुटाउन स्थानीय युवाहरु आपूm–आपूm मिलेर आर्थिक संकलन गरेका हुन् । मिर्गौला पीडित मगरको केही दिनमा मिर्गौलाको अपरेशन गर्ने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।
मिर्गौला पीडित हरि मगरको उपचारको लागि आर्थिक सहयोग गर्नुहुने देश तथा विदेशमा रहेका स्थानीय मनकारी युवाहरुलाई वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ ले धन्यवाद ग्यापन गरेका छन् । आर्थिक अवस्था कम्जोर भएका कारण उपचार गर्न समस्या भइरहेको अवस्थामा स्थानीय युवाहरुले गरेको आर्थिक सहयोगले मिर्गौला पीडितको उपचारमा सहयोग पुगेको भन्दै सहयोगी मनहरुलाई वडा अध्यक्ष मगरले धन्यवाद दिएका हुन् ।

Share this

प्रतिकृया

Add