नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
नवराज बि.क.
रामेछाप– बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री शेवहादुर देउवा नेतृत्वको सरकारले १३ लाख भूमिहीन नागरिकलाई लालपूर्जा पाउनबाट वञ्चित गराएको आरोप लगाएका छन् ।
खाँडादेवी गाउँपालिकाको सित्खा–गोगनपानी–धूलेबेसी–भदौरे–भोटनागी सडक कालोपत्रे आयोजना सडक खण्डको बुधबार उद््घाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । १३ लाख भूमिहीन व्यक्तिलाई लालपूर्जा दिने उद्देश्यका साथ प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेका कामलाई बदर गरेर भूमिहीनहरुलाई लालपूर्जा पाउनबाट बञ्चित गरेको पौडेलको आरोप छ ।
उनले भने, ‘भूमिहीन नागरिकलाई लालपूर्जा दिने अभियानमा यो सरकारले काम ग¥यो, सबै पूर्वाधार तयार गरेर जब लालपूर्जा बाड्न सुरु गर्ने बेला भयो काँग्रेस नेतृत्वको सरकारले भूमि व्यवस्था आयोग विघटन ग¥यो ।
‘हामी लालपूर्जा लिएर नागरिकका घरघरमा आउन तयार भइसकेका थियौँ, देउवा नेतृत्वको सरकारले आयोग नै विघटन गरिदिएकाले अब लालपूर्जा वितरणको काम सम्भव छैन’, उनले भने । अब देउवा नेतृत्वको सरकारले भूमिहीन नागरिकहरुको लागि काम नगर्ने उनको भनाई छ ।
यो सरकार जनादेशको सरकार नभई परमादेशको सरकार भएकोले जनताको हितमा काम गर्दैन, मुख्यमन्त्री पौडेलले भने । जनताको हितमा यो सरकारले काम गर्न चाहेको भए अहिले भूमि व्यवस्था आयोग विघटन गर्नु आवश्यक नरहेको उनको भनाई छ ।
आयोगले अहिलेसम्मको अवधिमा गरेका सबै कामको कुनै महत्व नरहेको भन्दै उनले त्यस कारण यो सरकार जनताप्रति कति संवेदनशील, उत्तरदायी र जिम्मेवार छ भन्ने कुरा स्पष्ट देखिने बताए । अब विगतका सरकार, प्रधानमन्त्री ओली नेतृत्वको सरकार र भोलिको सरकारबीचको भिन्नता विस्तारै देखिँदै जाने पौडेलको भनाई छ ।
यस्तै, प्रदेश सरकारले विकासलाई अनिवार्य सर्त मानेर समान विकासको अवधारणाका साथ विकास निर्माणको काम गरिरहेको मुख्यमन्त्री पौडेलले बताए । प्रदेश सरकारले तीन वर्षको अवधिमा असाधारण काम गरेको पनि उनले दावि गरे । कोरोनाको महामारी, ठेकेदारको बद्मासीका बीचमा पनि प्रदेश सरकारले धेरै विकास गरेको उनको दावि छ ।
यसैबीच, वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले एमाले नेतृत्वको सरकार विना देशको विकास सम्भव नहुने दाबी गरे । ढुङ्गेलले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले तीन वर्षको अवधिमा रामेछाप जिल्लामा मात्रै ६४ किलोमिटर सडक कालोपत्रे गरेको बताए । एमाले नेतृत्वको प्रदेश सरकाले गरेका काम देखेर विपक्षीहरुको टाउको दुःखेको ढुङ्गेलेको भनाई छ । यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले अहिले कोरोनाविरुद्धको खोपलाई मुख्य प्राथमिकतामा राखिएको बताए । साथै, भौतिक विकास निर्माणको कामलाई सँगसँगै अघि बढाउने उनले बताए ।