लकडाउनले चिन्तित छिन् गायिका रितु तामाङ

 शुक्रबार, साउन २९, २०७८ | onlinenews

रामेछाप– ग्रामीण परिवेश सामान्य परिवार अनि संघर्षको परिचय बनाउन सफल गायिका हुन् रितु तामाङ । बुबा जीतबहादुर तामाङ र आमा ख्यालमाया तामाङको परिवारम नयाँ खुसी छाउँदै यस धर्तीमा पाइला टेकेकी तामाङ सानै उमेरदेखि गीत संगीतमा रुचि राख्थिन् । धादिङको निलकण्ठ नगरपालिका धुवाकोट लप्सिखड्कामा जन्मिएकी तामाङ कर्मथलो काठमाडौं बनाउदै आएकी छिन् ।
२०७० सालमा काठमाडौं प्रवेश गरेकी गायिका एवं मोडल रितु तामाङ छुट्टै संघर्षबाट जन्मिएकी नव उदयमान कलाकार हुन् । आपूmलाई सधैं गीत, संगीत र मोडलिङ्गमा नै रमाउन मन लाग्ने गरेको उनको भनाई छ । आफ्नो जीवन संघर्षका बाबजुद पनि गीत संगीतमा ख्याति कमाएर छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । २०७१ सालबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी तामाङ आफ्नो पहिलो गीत बाटै निकै चर्चा कमाएकी थिइन् । उनको पहिलो गीत “पधेँरीको पानी” ले उनलाई चर्चाको शिखरमा प¥याइदियो । अहिले आपूmलाई देश तथा बिदेशबाट पनि कार्यक्रमको लागि अफर आउने गरेको उनी बताउछिन् । आफ्नै शृजनामा दुई दर्जन भन्दा बढी गीत रचना गरेसकेकी सर्जक तामाङले दुई सय भन्दा बढी गीतमा स्वर दिइसकेको र एक हजार भन्दा बढी गीतमा म्युजिक भिडियो गरेको उनले बताइन । अध्ययनका साथसाथै गीत संगीतलाई पनि उनले उत्तिकै महत्त्व दिएको बताउछिन् ।


आपूmलाई गीत संगीतले नै चर्चामा पु¥याएको कारण आपूmले गीत संगीतलाई नै मुख्य प्राथमिकता दिने गरेको उनी बताउछिन् । पछिल्लो समय दर्शक एवं श्रोताको रोजाइमा पर्न सफल गायिका तामाङ गीत जस्तै मोडलिङमा पनि चर्चामा रहेकी छिन् । उनी भन्छिन् “गीत जस्तै मोडलिङलाई पनि दर्शक श्रोताले माया गरिदिनु भएको छ मेरा भगवानरुपि दर्शक श्रोतालाई मुरीमुरी धन्यवाद दिन्छु ।” बिगत बर्षदेखि सुरु भएको कोरोना महामारी एवं (कोभिड –१९) का कारण काठमाडौंको बन्द कोठामा बन्दी झैँ बस्नु परेकोमा चिन्तित छिन् तामाङ । सबैतिर बन्द भएपछि हातमुख जोर्न समेत समस्या हुने होकि भन्ने चिन्ता लागेको उनी बताउछिन् ।


पूर्ण रुपमा परिवारको साथ र सपोर्ट पाएको र सबैको सहयोग र हौसलाले आफू सफल भएको तामाङको भनाई छ । गीत संगीतमा पाएको अवसरसँगै हौसलाले आपूmमाथि जिम्मेवारी समृत पनि थपिएको उनको भनाई छ । तामाङ समुदायमा जन्मिएकी भएपनि आपूmलाई तामाङ सेलो साथै सम्पूर्ण भाषाको गीत संगीत मन पर्ने र गाउन नाच्न मन लाग्ने उनले बताइन ।

प्रतिकृया

Add