सुनापतिमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो युवा दिवस

 आइतवार, साउन ३१, २०७८ | onlinenews
Share this

रामेछाप– सुनापति गाउँपालिकामा अन्तर्राष्ट्रिय युवा दिवस भव्य रुपमा मनाइएको छ । मोटरसाइकल ¥याली, कोणसभा तथा साँस्कृतिक कार्यक्रम गरि दिवस मनाइएको हो ।
कार्यक्रममा सुनापतिको डम्फू डाँडाबाट सुरू भएको र्याली हिलेदेवी–साँधीडाँडा हुँदै सुनापति गाउँपालिका सभाहलको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई संवोधन गर्दै प्रमुख अतिथि सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्टले युवाहरुको संगठन, ज्ञान, सीप, क्षमता विकासमा योजना तथा कार्यक्रम तय गरी स्वरोजगारका अवसरहरु दिलाउन लागिपर्ने बताइन । पालिकामा युवाहरुका नीति तथा कार्यक्रमका लागि पहल गर्ने बताउदै पालिकाको विकासमा साझेदारी र खबरदारी गर्न युवा संगठन लाग्नु पर्ने उपाध्यक्ष विष्टले बताइन ।
कार्यक्रमका विशेष अतिथि तथा सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले शब्दमा युवाको विशेषण भन्दा पनि व्यवहारमा देखाउनु पर्ने बताए । संगठित युवाले व्यक्ति, परिवार, समाज र राष्ट्र परिवर्तनमा ठोस योगदान दिनुपर्ने घिसिङको भनाई थियो । ५ वटै वडाका युवा संजालको क्षमता तथा संस्थागत विकासका लागि संस्थाले सहयोग गर्ने बताउदै तनमन र बचनले सेवामा लाग्न प्रेरणा मिलोस् भनी शुभकामना ब्यक्त गरे ।


सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रेष्ठले युवा दिवसको महत्व र आवश्यकताको बारेमा चर्चा गर्दै युवाले समाज परिवर्तनका लागि खेल्नुपर्ने भूमिकाका बारेमा प्रष्ट्याएका थिए ।
कार्यक्रममा युवा दिवसको औचित्य तथा नेपालमा युवाहरुको अवस्था बारेमा सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाका परियोजना संयोजक तिलक कार्कीले प्रकास परेका थिए ।
युवा दिवसको अवसरमा शुभकामना मन्तव्य ब्यक्त गर्दै सुनापति गाउँपालिकाका प्रवक्ता तथा २ नं. वडा अध्यक्ष कमल कुमार केसीले २१ औं शताब्दीका युवा वैज्ञानिक, तार्किक, क्षमतावान भई स्वरोजगारमा लाग्न आग्रह गरे ।


त्यसैगरी वडा नं. ३ का अध्यक्ष बाबुराम तामाङले युवा दिवसले सचेत, सक्षम नागरिक बन्न प्रेरणा मिलाेस भन्दै अधिकार खोन्ने मात्र नभई कर्तव्य पनि पूरा गर्नुपर्ने बताए । त्यस्तै वडा नं. ५ का अध्यक्ष ठुलोकान्छा तामाङले युवा लगनशील भइ स्वरोजगारमा लाग्नु पर्ने बताए
सुनापति युवा संजालको आयोजना, सुनापति गाउँपालिकाको समन्वय तथा सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको सहयोगमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो ।
कार्यक्रममा यमुना श्रेष्ठले युवा जागरण सम्वन्धि मुक्तक वाचन गरिकी थिइन भने अविका थापा मगरले कविता वाचन गरेकी थिइन । सम्झना बस्नेत र कविन्द्र नेपालीले कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने सावधानीको बारेमा लोकदोहोरी गीत गााएका थिए ।

Share this

प्रतिकृया

Add