वर्षातका कारण घर भत्केका आफ्ना सदस्यलाई २५ हजार आर्थिक सहयोग

 आइतवार, साउन ३१, २०७८ | onlinenews
Share this

रामेछाप– साहारा बचत तथा ऋण सहकारी संस्था लि. मन्थली रामेछापले वर्षातको कारण घर भत्किएका आफ्ना शेयर सदस्यलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाले विपदमा परेका आफ्ना शेयर सदस्य हिराबहादुर माझीलाई सहयोग गरेको हो ।
अविरल वर्षाको कारण मन्थली नगरपालिका–१ निबासी हिराबहादुर माझीको पक्की घर भासिएर पूर्णरुपमा क्षति भएको थियो । २०७८ श्रावण महिनामा परेको अविरल वर्षाका कारण घर भत्किएर करोडौं रुपैयाँ वरावरको सम्पत्ति नोक्सानी भएकोले सहानुभूति स्वरुप साहारा वचत तथा ऋण सहकारी संस्था लि. को तर्फबाट २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको संस्थाका अध्यक्ष मिलन कुमार घिसिङले बताए ।


सदस्यहरुको मृत्यू वा ठूलो विपत्ति आइपरेको अवस्थामा आफ्ना सदस्यहरुलाई राहात स्वरुप २५ हजार रुपैयाँ सहयोग गर्नेगरि संस्थाले कोष खडा गरेको र सोही कोषबाट माझीलाई सहयोग गरेको पनि अध्यक्ष घिसिङले जानकारी दिए ।
पीडित हिराबहादुर माझीकी श्रीमति बुधमाया माझीले आपूmलाई ठूलो आर्थिक नोक्सानी परेको बेलामा संस्थाले सहयोग गरेको भन्दै साहारा वचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद दिंदै खुशि व्यक्त गरिन ।

Share this

प्रतिकृया

Add