आयोग निर्वाचनको तयारीमा जेटेको छः प्रमुख निर्वाचन आयुक्त

 शुक्रबार, भदौ ११, २०७८ | onlinenews
Share this

रामेछाप– प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोग निर्वाचन प्रक्रियाको तयारीमा जुटेको बताए । कोरोना संक्रमण थप नफैलिएको अवस्थामा आगामी १५ महिनाभित्र सबै तहको निर्वाचन सम्पन्न भइसक्ने प्रमुख आयुक्त थपलियाले बताए । जिल्ला निर्वाचन कार्यालय रामेछापको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् ।
आगामी निर्वाचनमा मतदाताहरुले मतदान केन्द्रमा पुग्न ४ किलोमिटर भन्दा बढी हिड्न नपर्ने गरि केन्द्रको ब्यवस्था मिलाउने साथै मतदाता नामावलीलाई जिआइएस प्रविधिमा विकास गर्ने गरि काम भइरहेको पनि प्रमुख आयुक्त थापलियाले बताए ।
अविकशीत देशहरुको साझा रोगको रुपमा (तीन एम) मनी, मशल र मिडियाले निर्वाचनलाई प्रभाव पार्ने गरेको भन्दै यो अवस्थालाई नेपालमा मिथ्या सावित गर्नुपर्ने अवस्था रहेको बताए । निर्वाचन खर्चिलो भएको आम मानिसहरुबाट आवाज उठिरहेको भन्दै यो विषयलाई पनि निर्वाचन आयोगले गहनतापूर्वक लिएको प्रमुख आयुक्त थपलियाको भनाई छ ।
आगामी निर्वाचनको लागि आयोगले दुई वटा रणनीतिक योजना बनाएको पनि प्रमुख आयुक्त थालियाको भनाई छ । आसन्न निर्वाचनमा मतदाताहरुलाई सहज बनाई धेरैभन्दा धेरै मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागि गराउने उद्देश्य अनुरुप काम गरिरहेको पनि प्रमुख आयुक्तले जानकारी दिए ।
मतदाताले आपूm रहेकै ठाउँबाट मतदाता नामावली दर्ता गराएको प्रमाणको आधारमा आफ्नो सम्बन्धित मतदान केन्द्रबाट मतदान गर्ने ब्यवस्था मिलाइने पनि प्रमुख आयुक्त थपलियाको भनाई छ ।
२०७५ साल साउन महिनाभित्र सम्पन्न गरेर कार्यालयलाई बुझाइसक्ने गरी २०७३ साल माघ महिनाबाट निर्माण कार्य सुरु भए पाँच वार्षसम्म पनि भवन निर्माणले पूर्णता पाएको थिएन । शम्भुकुमार कटुवार जिल्ला निर्वाचन कार्यालयको प्रमुख भएर आएपछि भवनले पूर्णता पाएको हो ।
निर्माण ब्यवसायिले समयमै काम नगर्दा ४ वर्षदेखि अलपत्र परेको भवन जिल्ला निर्वाचन कार्यालय प्रमुख र नगरपालिकाको प्रयासले निर्माण ब्यवसायिलाई भवन निर्माण गर्न बाध्य बनाइएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए । भवन निर्माणको काम अधुरै छोडर सम्पर्कबिहीन भएका निर्माण ब्यवसायिलाई जिल्ला निर्वाचन कार्यालय प्रमुख शम्भुकुमार कटुवाल र आपूm स्वयंले खोजी गरेर काम गर्न बाध्य बनाइएको नगरप्रमुख बस्नेतले बताए । जसको फलस्वरुप कार्यालयको भवनले पूर्णता पाएको नगरप्रमुख बस्नेतको भनाई छ ।
निर्वाचन कार्यालयको नवनिर्मित भवनको माथिल्लो साइडमा बसपार्क जोखिममा रहेको बताए । वर्षाको समयमा आउने ठाडो खोलाको निकास नभएको कारण बसपार्क र निर्वाचन कार्यालयको भवन जोमिमा रहेको बस्नेतले बताए । मन्थली शहरीकरणसँगै आगटेको क्षेत्रमा बस्तीले खोलाको भाग बस्तीले ओगट्दा खोलको निकास अवरुद्ध भएको बस्नेतको भनाई छ । खोलाको निकासीको लागि स्थानीबासीले सहयोग नगरेकाले निकास दिन नसकिएको नगरप्रमुख बस्नेतले गुनासो समेत गरे ।

Share this

प्रतिकृया

Add