पहिरोले आँखा केन्द्रको भवनमा क्षति पुर्याउँदा सेवा अवरुद्ध

 आइतवार, भदौ १३, २०७८ | onlinenews
Share this

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालको परिसरभित्र रहेको जिल्ला सामुदायिक आँखा केन्द्रको भवन पहिरोले पुरिएपछि आँखा उपचार सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि परेको अविरल वर्षाको कारण भवनको माथिको भागबाट आएको पहिरोले भवनमा क्षति पु¥याएपछि उपचार सेवा अवरुद्ध भएको हो । उपचारका लागि आएका विरामीलाई भवन पुरिएको कारण उसै फर्काउनु परेको जिल्ला सामुदायिक आँखा केन्द्रका अध्यक्ष डाक्टर सुमन कर्माचार्यले बताए ।
पहिरोले भवन पुरिँदा एक करोड बराबरको क्षति भएको पनि डा. कर्माचार्यले जानकारी दिए । भवन पुरिएपछि विरामीको उपचार गर्न समेत समस्या भएको अध्यक्ष कर्माचार्यको भनाई छ ।
तिलगंगा आँखा प्रतिष्ठानले तामाकोसी अस्पतालसँगको समन्वयमा २१ वर्ष पहिले मन्थलीमा स्थापना गरेको जिल्ला सामुदायिक आँखा केन्द्रले वार्षिक रुपमा १० हजार भन्दा बढी आँखाका विरामीलाई उपचार सेवा दिंदै आएको थियो । दैनिक करिब ५० जना विरामीलाई आँखा उपचार सेवा दिंदै आएको तामाकोसी अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए । आँखाका विरामीलाई तत्काल सेवा दिन सक्ने अवस्था रहेकाले वैकल्पिक ब्यवस्थाको तयारिमा रहेको पनि घिमिरेले जानकारी दिए ।
पहिरोले आँखा केन्द्रको भवनमा क्षति पु¥याए पनि स्वास्थ्य उपकरणरु भने सुरक्षित निकालिएको तामाकोसी सेवा समितिका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठले जानकारी दिए । भवनको अभावमा तत्कालै उपचार सेवा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले उपचार सेवालाई सुचारु गर्न दाताहरुको सहयोग आवश्यक रहेको पनि श्रेष्ठले बताए । विगत २१ वर्षदेखि आँखाको उपचार सेवा प्रदान गर्दै आएको जिल्ला समुदायिक आँखा केन्द्रको भवन पहिरोले पुरिदां, रामेछाप साथै, सिन्धुली, ओखलढुङ्गा र दोलखाबाट आउँने आँखा विरामी उपचार सेवाबाट बञ्चित भएका छन् ।

Share this

प्रतिकृया

Add