विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्स विजयी

 आइतवार, चैत्र १३, २०७३ | onlinenews

चैत १३ – विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्स विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ शीर्ष स्थानमा रहेको फ्रान्सले लेग्जेम्बर्गलाई ३–१ ले हरायो । अवे मैदानमा भएको खेलमा फ्रान्सलाई जिताउन ओलिभर जिरउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे । लग्जेम्बर्गका लागि जोएचिमले एक गोल फर्काए । २८ औं मिनेटमा जिरउडले गोल गर्दै फ्रान्सलाई सुरुवाति अग्रता दिलाए ।
३४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै जोएचिमले लग्जेम्बर्गका लागि बराबरी गोल फर्काए । तर त्यसको तीन मिनेटपछि पाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा २–१ ले अघि रहेको फ्रान्सका लागि ७७ औं मिनेटमा जिरउडले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ को जित दिलाए । समूह ‘ए’ अन्तर्गतकै अर्को खेलमा स्वीडेनले बेलारुसलाई ४–० ले हरायो । स्वीडेनको जितमा सेस फाब्रिगासले दुई तथा बेर्ग र थिलिनले एक एक गोल गरे । जितपछि समूह ‘ए’ को शीर्ष स्थानमा रहेको फ्रान्सको पाँच खेलबाट १३ तथा दोस्रो स्थानको स्वीडेनको १० अंक भएको छ । अर्को खेलमा बुल्गेरियाले नेदरल्याण्डसलाई २–० ले हरायो ।

प्रतिकृया

Add