बालकमाथि अप्राकृतिक बलात्कार गर्ने पक्राउ

 बुधबार, भदौ १६, २०७८ | onlinenews
Share this

रामेछाप । बालकमाथि अप्राकृतिक मैथुन करणी गरेको आरोपमा गोकुलगंगा गाउँपालिकामा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका वडा नं. ५ सालबोटेका १९ वर्षीय दिपेश खड्का रहेका छन् ।
यही भदौ ४ गते शुक्रबार अपराह्न ३ः०० बजेको समयमा खड्काले पाँच वर्षीय बालकलाई ललाइफकाई शौचालयमा लगेर अप्राकृतिक मैथुन करणी गरी फरा भएका थिए । फरार खड्कालाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अभियुक्त खड्कामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share this

प्रतिकृया

Add