मोर्चाले आज सप्तरीमा श्रद्धाञ्जली सभा गर्दै

 आइतवार, चैत्र १३, २०७३ | onlinenews

चैत १३ – मधेस केन्द्रित दलहरुको गठबन्धन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबार सप्तरीको राजविराजमा श्रद्धाञ्जली सभा गर्दैछ । फागुन २३ गते प्रहरीको गोली लागि ज्यान गुमाएका पाँचजनाको सम्झनामा सभा गर्न लागिएको मोर्चाले जनाएको छ ।
राजविराजको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र दिउँसो १ बजेपछि सुरु हुने सभालाई मोर्चामा आवद्ध सातै दलका शीर्ष नेताले सम्बोधन गर्ने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।
एमालेले गर्न लागेको सभा हुन नदिने क्रममा भएको झडपमा प्रहरीले चलाएको गोली लागि पाँचजनाको ज्यान गएको थियो । ज्यान गुमाएकाको सम्झनामा तराईका अरु जिल्ला सदरमुकाममा पनि श्रद्धाञ्जली सभा हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया

Add