मन्थलीमा खुल्यो अटो मर्मत केन्द्र

 शुक्रबार, अशोज १, २०७८ | onlinenews

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा अटोको सम्पूर्ण पार्ट्स सहितको मर्मत केन्द्र सञ्चालनमा आएको छ । सस्तो र सुलभ मूल्यमा अटोको सम्पूर्ण पार्ट्सपूर्जा सहित मोटरसाइकलको समेत मर्मत गर्ने गरि सञ्चालनमा ल्याइएको माहादेवी ट्रेडर्सका प्रोपाइटर बिजय केसीले बताए ।
जुनसुकै ठाउँमा बिग्रिएको भए पनि फोन गर्दा त्यहीँ गएर मर्मत गरिने पनि केसीले बताए । फोनको भरमा, अटो मिस्त्री घरघरमा भन्ने उद्देश्यले अटो पार्ट्स एवं मर्मत केन्द्र सञ्चालनमा ल्याइएको उनको भनाई छ । सम्पूर्ण मर्मतका सामान सहजै उपलब्ध गराएर ग्राहकलाई सन्तुष्टि दिने पनि प्रोपाइटर केसीले जानकारी दिए ।

प्रतिकृया

Add