सालकको खपटा सहित दुई जना पक्राउ

 शनिबार, अशोज २, २०७८ | onlinenews
Share this

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ भैंसेश्वरबाट शुक्रबार प्रहरीले संरक्षित बन्यजन्तु सालकको खपटा सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीेको संयुक्त टोलीले भैंसेश्वर चोकबाट २५ किलो खपटा सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा लिखुतामाकोसी गाउँपालिका–३ का सोनाम तामाङ र ध्यानबहादुर तामाङ रहेका छन् । बरामद गरिएको सालकको खपटा अहिले सम्मकै ठूलो परिमाणको भएको प्रहरीले जानकारी दिएको छ । बरामद गरिएको सालकको खपटाका लागि कम्तीमा ७० वटा भन्दा बढी सालक मारेको हुन सक्ने प्रहरीको अनुमान छ ।
सालकको खपटाको अवैध कारोवारको सूचनाको आधारमा शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाँदा भैंसेश्वर चोकबाट बोरामा लुकाएर राखिएको २५ किलो खपटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले जानकारी दिए । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि डिभीजन वन कार्यालय रामेछापका बुझाइएको छ । खपटा तस्कर गर्नेलाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन अनुसार ५ लाखदेखि १० लाखसम्म जरिवाना तथा ५ बर्षदेखि १५ बर्षसम्म जेल सजाय वा दुबै हुन सक्ने कानूनि व्यबस्था रहेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share this

प्रतिकृया

Add