रामेछापको वन संरक्षणमा चूनौती

 शनिबार, अशोज २, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । रामेछाप जिल्लामा वन संरक्षण चुनौती बन्दै गएको छ । वन पैदावर उपयोग गर्न चासो देखाउने उपभोक्ताहरु नै वन व्यवस्थापन र संरक्षणमा जिम्मेवार नबन्दा जिल्लामा रहेका वन संरक्षण मुख्य चुनौतीको विषय बन्न पुगेको भिडीजन बन कार्यालय रामेछापले जनाएको छ । वृक्षारोपणका लागि बन कार्यालयले निःशुल्क वितरण गरेको विरुवा लिन समेत बन उपभोक्ता समितिहरुले चासो देखाउन छाडेको डिभीजन बन कार्यालय रामेछापको भनाई छ । पूर्वधार विकास निर्माणदेखि डढेलोको सिकार बनिरहेको वन संरक्षण गर्नु मुख्य चुनौती बन्दै गएको छ ।

वन संरक्षणप्रति नागरिकको उदासीनता एकदमै बढ्दो क्रममा रहेको छ । त्यसकारण पनि वन संरक्षण आजको मूख्य चुनौती बन्न पुगेको हो । उपभोक्ता समूहमार्फत चलेका अधिकांश सामुदायिक वन अहिले बेवारिसेजस्तै बनेका छन् । उपभोक्ता समिति उपभोगको लागि मात्रै बनेको जस्तो भएको छ । यसको संरक्षणमा खासै चासो देखाएको पाइँदैन । डिभीजन बन कार्यालय रामेछापले आर्थिक वर्ष २०७७÷०७८ मा विभिन्न प्रजातिका करिब ५६ हजार विरुवा वितरण गरेको थियो । विभिन्न प्रजातिका ६० हजार विरुवा उत्पादन गरेको वन डिभिजन कार्यालयले करिब ५६ हजार विरुवा वितरण गरेको डिभीजन कार्यालय रामेछापका कर्मचारी निरबहादुर हायुले जानकारी दिए ।

गएको आर्थिक वर्षमा ओखर, क्यासिया, बकाइनो, इपिल, कटहर र राजवृक्ष लगायतका ६ प्रजातिका विरुवा वितरण गरिएको हायुले बताए । करिब चार हजार विरुवा वितरण हुन बाँकी नै रहेको उनले बताए । माग भएसम्म ती विरुवाहरु वितरण गरिने डिभिजन बन कार्यालय रामेछापले जनाएको छ । वनले बहुवर्षीय विरुवाहरु पनि वितरण गर्दै आएको छ । अहिले हुर्किदै गरेका २५ हजार कागती, सुन्तला, अम्बाका विरुवाहरु आगामी वर्षको असारपछि वितरण गरिने बताइएको छ ।

२ नगरपालिका तथा ६ गाउँपालिका रहेको रामेछाप जिल्लामा ४ सय २७ वटा सामुदायिक वन, ४ सय ५१ वटा कबुलियती वन र ४७ वटा निजी वन छन् । जिल्लाको कुल भू–भागको ५४ हजार १० हेक्टर (३४.६१६ प्रतिशत) क्षेत्रफल वनले ओगटेको छ । हिमगंगा सव–डिभीजन वन कार्यालय अन्तर्गत ८८ वटा, चिसापानी सव–डिभीजन वन कार्यालय अन्तर्गत ८५ वटा, दोरम्बा सव–डिभीजन वन कार्यालय अन्तर्गत ५१ वटा, खाँडादेवी सव–डिभिजन वन कार्यालय अन्तर्गत ८२ वटा, धोबी सव–डिभिजन वन कार्यालय अन्तर्गत ५९ वटा र ताबे सव–डिभिजन वन कार्यालय अन्तर्गत ६२ वटा सामुदायिक वन रहेका छन् । त्यसमध्ये भिडीजन बन कार्यालयले वितरण गरेको विरुवा लिने सामुदायिक वन १०÷१२ वटा मात्रै रहेको जनाइएको छ ।

डिभीजन बन कार्यालय रामेछापले वितरण गरेको विरुवा ३० हजार जना व्यक्ति र अन्य संघसंस्थाले लगेका जिल्ला डिभिजन बन कार्यालय रामेछापका सहायक वन अधिकृत युगल केशोरलाल कर्णले बताए । वन संरक्षणप्रति नागरिक जिम्मेवार नबन्दा सामुदायिक वन व्यवस्थापन, संरक्षण तथा संवद्र्धन र विकास चुनौतीको विषय बन्दै गएको उनले बताए । वन पैदावर काठ, दाउरा चाहिदा मात्र आउने र भेलामा सहभागी नहुने, विकास निर्माणका काममा उपभोक्ताको न्यून उपस्थिति हुनुजस्ता कारणले जिल्लाको सामुदायिक वनको विकास हुन नसकेको उनको भनाई छ ।

आफ्नो कार्ययोजना अनुसार विपन्नमुखी, जिवीकोपार्जनमुखी तथा सामुदायिक वन विकासका कार्यक्रम गर्न र आफ्नो वनलाई वैज्ञानिक ढंगबाट व्यवस्थापन गरेर आवश्यक्ता परिपूर्ति गर्नुस् भन्दा वन व्यवस्थापनको पाटो प्रभावकारी हुन नसकेको सहायक वन अधिकृत कर्णको भनाई छ । वनप्रति उपभोक्ताको जिम्मेवारी कम हुँदै गएको समेत उनले बताए । राज्यले विश्वास गरेरे जिम्मा लगाएको अरबौँको सम्पत्तीको सरंक्षण र संवद्र्धनमा ध्यान दिन पनि कर्णले बन उपभोक्ता समितिहरुलाई अनुरोध गर ।

Share this

प्रतिकृया

Add