मैत्रीपूर्ण खेलमा मन्थली युवा सञ्जाल विजयी

 आइतवार, अशोज ३, २०७८ | onlinenews

रामेछाप । सातौँ संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मन्थली युवा सञ्जाल विजयी भएको छ । ३–१ गोल अन्तरमा मन्थली युवा सञ्जालले कर्मचारीको टिमलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । खेलको निर्धारीत समयमा खेल बराबरीमा टुङ्गिएपछि पेनान्टि सुटआउटमा युवा सञ्जालले एकको विरुद्ध तीन गोल गरेको हो ।
चार टिमले भाग लिएको मैत्रपूर्ण फुटबल प्रतियोगितामा युवा सञ्जाल र जिल्ला उद्योग बाणिज्य संघबीच भएको पहिलो खेलामा उद्योग बाणिज्य संघलाई पराजित गरि युवा सञ्जाल फाइनमा प्रवेश गरेको थियो भने कर्मचारीले पत्रकार महासंघको टिमलाई हराउँदै फाइनलमा पुगेको थियो ।


प्रतियोगितामा प्रथम हुने टिमलाई पुरस्कार स्वरुप ७ हजार रुपैयाँ नगद सहित प्रमाण–पत्र तथा द्धितीय हुने टिमलाई ५ हजार रुपैयाँ नगद र प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागि अन्य दुई टिमलाई पनि प्रमाण–पत्र प्रदान गरिएको थियो । पुरस्कार तथा प्रमाण–पत्र कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का तथा विशेष अतिथि वातावरण संरक्षण परियोजनाका फोकलपर्सन लब श्रेष्ठद्धारा वितरण गरिएको थियो ।

संविधान दिवसको अवसरमा रामेछाप जिल्ला फुटबल संघको आयोजना, मन्थली युवा सञ्जालको समन्वय र वातावरण संरक्षण परियोजनाको आर्थिक सहयोगमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगिताको रेफ्रिमा भिमशेन लामा रहेका थिए ।

प्रतिकृया

Add