बालयौन दुरुपयोग कसूरमा एक किशोर पक्राउ

 सोमवार, अशोज ४, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । बालयौन दुरुपयोग कसूरमा रामेछापको सुनापति गाउँपालिकाका एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनापती गाउँपालिका वडा नं. २ मैरेका १८ वर्षीय राजकुमार रायमाझी रहेका छन् ।
रायमाझीले असोज २ गते सुनापती गाउँपालिका वडा नं. २ बस्ने एक बालिकालाई बारम्बार फोन गरेर विभिन्न प्रलोभन देखाई भेट्न बोलाएका थिए । प्रलोभन र दबाबका कारण भेट्न पुगेकी बालिकालाई रायमाझीले घरमा लगेर डर धम्की देखाई अवाञ्छित, अमर्यादित र अस्वाभाविक व्यवहार गरेका पाइएको प्रहरीले जनाएको छ ।
घटना भएको भोलिपल्ट (असोज ३ गते) काठमाडौँतर्फ जाँदै गरेका रायमाझीलाई हिलेदेविको साँदिडाँडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा रहेका रायमाझीलाई जिल्ला अदालत रामेछापबाट तीन दिनको म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङकर श्रेष्ठले जानकारी दिए ।

Share this

प्रतिकृया

Add