वडा अध्यक्षद्धारा जन्मदिनमा विपन्न बालबालिकालाई आर्थिक सहयोग

 मङ्लबार, अशोज १२, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । रामेछाप नगरपालिका वडा नं. ५ रामपुरका वडा अध्यक्ष भीमबहादुर तामाङले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा अभिभावक बिहीन बालबालिकालाई आर्थिक सहयोग गरेका छन् ।
वडा अध्यक्ष तामाङ भिमेश्वर माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत दुई छात्रा र दुई छात्र गरि चार बालबालिकालाई आर्थिक सहयोग गरेर आफ्नो ३८ औं जन्मदिन मनाएका हुन् ।
कक्षा ९ मा अध्ययनरत गंगा रानामगर, कक्षा तीनमा अध्ययनरत ज्योतिमा तामाङ, कक्षा ७ मा अध्ययनरत विकास श्रेष्ठ र अर्का एक छात्र लक्ष्मण मगरलाई आर्थिक सहयोग गरेको वडा अध्यक्ष तामाङले बताए ।
सामुदायिक विद्यालयले निःशुल्क पढाउनुपर्ने व्यवस्था भए पनि विद्यालयहरुले निजीस्रोतबाट शिक्षक नियुक्त गरेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता छ । निजीश्रोतका शिक्षकलाई तलब खुवाउन विद्यालयले भर्नालगायतका विविध शीर्षकमा शूल्क लिदै आएका छन् ।
विद्यालयलाई तिर्नुपर्ने शुल्क तिर्न नसकेका उनीहरुको शुल्क जन्मदिनको अवसर पारेर आपूmले तिरिदिएको वडा अध्यक्ष तामाङले जानकारी दिए । छात्रा ज्योतिमा तामाङको बुवा दृष्टिविहीन छन् भने छात्र विकास श्रेष्ठले जन्मेकै दिनमा आमा गुमाएका थिए ।
ती बालबालिकाहरुको आर्थिक अवस्थामा एकदमै नाजुक रहेकाले आफूले सहयोग प्रदान गरेको तामाङको भनाई छ । वडाभित्र आर्थिक अभाव र गरिबीका कारण पठनपाठनमा समस्या झेल्दै आएका अन्य बालबालिकाहरु भेटिएमा आगामी दिनमा उनीहरुलाई पनि सहयोग गर्ने वडा अध्यक्ष तामाङले प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया

Add