रामेछापमा कक्षा ११ देखि स्नातक तहसम्मका २ हजार ४ सय ८२ विद्यार्थीले खोप लगाए

 बुधबार, अशोज १३, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । रामेछाप जिल्लामा कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत १८ वर्षमाथिका २ हजार ४ सय ८२ जना विद्यार्थी कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको खोप लगाएका छन् ।
जिल्लाको ८ वटै स्थानीय तह अन्तर्गतका कक्षा ११ देखि स्नातक तहमा अध्ययनरत १८ वर्षमाथिमा विद्यार्थीहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।
उनका अनुसार मन्थली नगरपालिकामा ७ सय १९ जना, लिखु तामाकोसी गाउँपालिका ७ सय ६ जना, गोकुलगंगा गाउँपालिकामा ३ सय ५२ जना, उमाकुण्ड गाउँपालिकामा २ सय २१ जना, रामेछाप नगरपालिकामा १ सय ९२ जना, खाँडादेवी गाउँपालिकामा १ सय ३० जना, सुनापती गाउँपालिकामा ८६ जना र दोरम्बा शैलुङ्ग गाउँपालिकाका ७६ जनाले विद्यार्थी खोप लगाएका छन् ।
त्यसमध्ये १ हजार ६ सय ७५ जनाले भेरोसेल र ८ सय ७ जनाले एस्ट्राजेनेका खोप लगाएको जनस्वास्थ्य अधिकृत थापाले बताए । शैक्षिक सत्र २०७७ मा कक्षा ११÷१२ मा अध्ययन गर्ने विद्यार्थीको संख्या तीन हजार ९ सय ५१ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले जानकारी दिए । जसमध्ये दुई हजार ३ सय ८३ जना छात्रा र १ हजार ५ सय ६८ जना छात्र रहेका थिए ।

Share this

प्रतिकृया

Add