मन्थली माविलाई अनेरास्ववियुले बुझायो सात बुँदे मागसहितको ध्यानकर्षण पत्र

 सोमवार, अशोज १८, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रि«य स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न सात बुँदे मागसहितको ध्यानकर्षण पत्र बुझाएको छ ।
अनेरास्ववियु प्रारम्भिक कमिटी मन्थली माध्यमिक विद्यालय कक्षा ११ का संयोजक समिर घिमिरे र अनेरास्ववियु मन्थली माविका संयोजक मिलन श्रेष्ठले आज मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहाललाई भेटेर ध्यानकर्षण बुझाएका हुन् ।
अनेरास्ववियुले कक्षा ११ र १२ मा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पूर्णरुपमा छात्राृत्तिको व्यवस्था गर्नुपर्ने, कोभिड–१९ सङ्क्रमणका कारण शैक्षिक संस्था पूर्णरुपमा बन्द भएको अवस्थामा सञ्चालन गरिएको अनलाइकक्षा वापतको शूल्क मिनाहा गर्ने, कक्षा ११ र १२ को ऐच्छिक रुपमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्नुपर्ने र विद्यालय परिसरभित्र र प्रत्येक कक्षाकोठामा शुद्ध पिउने पानीको उचित व्यवस्था गर्नुको साथै पर्याप्त मात्रमा पानीको व्यवस्था गर्नुपर्ने माग गर्दै ज्ञापन–पत्र बुझाएका हुन् ।
यस्तै, सरकारले ल्याएको माध्यमिक तहसम्मको निःशुल्क शिक्षा नीति कार्यान्वय गर्नुपर्ने, कक्षाकोठा व्यवस्थापनमा कक्षाकोठाका आधारमा अध्ययनरत सबै विद्यार्थीलाई समान व्यवहार गर्नुपर्ने र सबै विद्यार्थीलाई विद्यार्थी परिचय पत्रको व्यवस्था गर्नुपर्ने, विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, अनेरास्ववीयु प्रारम्भिक कमिटीले बुझाएको सात बुँदे ध्यानकर्षण पत्र बुझ्दै मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले मागहरुको सम्बोधनका निम्ती आगामी दिनमा बस्ने विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफलको एजेण्डाको रुपमा पेश गरिने बताएका छन् ।

Share this

प्रतिकृया

Add