नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप । नेपाली काँग्रेस रामेछापका निर्वतमान सभापति लवश्री न्यौपानेले नवनिर्वाचित सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन आग्रह गरेका छन् ।
१४ महाधिवेशन अन्तर्गत जारी जिल्ला अधिवेशनको यही असोज १६ र १७ गते भएको निर्वाचनमा जिल्ला सभापतिको उम्मेदवार आपूm लवश्री न्यौपाने, कृष्णबहादुर महत र कान्छाराम तामाङ मध्ये तीन जनाले नै सभापतिमा निर्वाचित हुनको लागि आवश्यक पर्ने ५० प्रतिशत भन्दा बढी मल ल्याउन नसेकाले कान्छाराम तामाङलाई सर्वसम्मतीमा सभापति बनाउन आपूmले सहयोग गरेको न्यौपानेले बताए ।
निर्वतमान सभापति न्यौपानेले विज्ञप्ति प्रकाशित गर्दै निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यजनर गरि पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने उद्देश्यले आपूmले पूर्णबहादुर तामाङ कान्छरामलाई सर्वसम्मतीमा सभापति छोडिदिएका बताए हुन् ।
पार्टीभित्र एकअर्कामा बैमनष्यता र मनमुटाव राखेर संगठनलाई बजबुद बनाउन नसकिने भएकाले एकता नै बल हो भन्ने मान्यतालाई आत्मसात गरि पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने आफ्नो उद्देश्य रहेको न्यौपानेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो कार्यकालभरी कान्छारामसँग सँधै हातेमालो गरेर अगाडि बढ्ने बताउँदै पार्टीका सबै साथीहरुलाई एकताबद्ध गरि आगामी निर्वाचनमा पार्टीको जितलाई निश्चितता गराउन न्यौपानले विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।