नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्स प्रस्थान

 आइतवार, चैत्र १३, २०७३ | onlinenews

एसिया कप फुटबलमा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्स प्रस्थान गरेको छ ।
नेपाली टोली गएराती फिलिपिन्स प्रस्थान गरेको हो । नेपालले यही चैत १५ गते पर्सी मंगलबार फिलिपिन्सविरुद्ध छनौट खेल खेल्दैछ । खेलको लागि विराज महर्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली राति हङकङ हुँदै मनिला पुगेको हो । जापानी प्रशिक्षक ग्योतोकु कोजुको प्रशिक्षणमा रहेको नेपाली टोलीमा अनिल गुरुङ समेटिएका छैनन् । एशिया कप छनौटबाट सुरुमै बाहिरिएको नेपालले एएफसी सोलीडारीटी कप जितेपछि एशियाली फुटबल महासंघले नेपाललाई फेरी प्रतियोगितामा सामेल गराएको हो ।
नेपालले समुहमा फिलिपिन्ससँगै ताजकिस्तान र यमनसँग खेल्नेछ । एशियन कपका लागि हालसम्म १२ टोली छनौट भईसकेकका छन् भने बाँकी १२ टोलीका लागि २४ टोलीले छनौट खेल खेल्दैछन् ।

प्रतिकृया

Add