रामेछापको ४ ठाउँमा आकस्मिक प्रसुती स्याहार कोष

 आइतवार, चैत्र १३, २०७३ | onlinenews
Share this

 रामेछाप १३ चैत  । जिल्ला स्वास्थ कार्यालय रामेछापले जिल्लामा सुरक्षित मातृत्व तथा नवजात शिशुहरुको बचाउका लागि ४ वटा स्थानमा आकस्मीक प्रसुति स्यार कोष स्थापना गर्ने भएको छ ।  प्रेषण सेवाको सुदृढीकरण परियोजना अन्र्तगत युनिसेफको आर्थिक सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाको समन्वय, जिल्ला स्वास्थय कार्यालय रामेछाप र नेपाल जनस्वास्थ्य संघले संयुक्त रुपमा स्याहार केन्द्र संचालन गर्न लागेको हो ।  नेपाल जनस्वास्थ्य संघले आइतवार मन्थलीमा आयोजना गरेको  जिल्ला स्तरीय अभिमूखीकरण कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा जिल्लाको उँमाकुण्ड गाउँपलिका साविकको बाम्ती भण्डार, रामेछाप नगरपालिका साविकको ओख्रेनी, दोरम्बा गाउँपालिका साविकको दोरम्बा बजार र जिल्ला स्वास्थ्य कार्यालयमा तत्कालका लागि ५० हजारका दरले आकस्मिक प्रसुती स्याहार घुम्ती कोषको स्थापना गरिने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश प्रसाद साहाले जानकारी दिए ।
कोषलाई  स्थानीय स्वास्थय व्यवस्थापन समिति र  स्थाीनय सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा परिचालन गरिने र उक्त कोषको रकमलाई तत्कालीन अवस्थामा सहि ढंगले परिचालन गर्ने गरि आवश्यक कार्यविधि वनाइने जानकारी पनि डाक्टर शाहले गराए । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश प्रसाद साहाको अध्यक्षता र रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ, नेकपा माओवादी केन्द्र रामेछापका नेता एवं पूर्व सांसद तारानाराण श्रेष्ठ, लगाायतका विभिन्न सरोकारी संस्थाको सहभागिता रहेको थियो । सो अवसरमा प्रसुती प्रतिक्षालयको स्थापना, यातायात प्रणालीको व्यवस्थापन, आकस्मिक प्रसुती स्याहार घुम्ती कोषको स्थापना तथा व्यवस्थापन, समन्वय तथा संचारको सुनिश्चितता कसरी गर्न सकिन्छ लगायतका विषयमा छलफल भएको थियो ।  उनीहरुले परियोजनाको योजना कार्यक्रम केन्द्रीत स्थानमा पु¥याउने विश्वास पनि दिलाएका थिए  । कार्यक्रमका अध्यक्ष एवं जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश प्रसाद साहाले परियोजना मार्फत तत्काल जिल्लाको ४ स्थानमा आकस्मिक प्रसुती स्याहार घुम्ती कोषको स्थापना गर्ने लक्ष लिएको र  प्रत्यक कोषको नाममा संचालित खातामा रकम जम्मा गरिने जानकारी पनि गराएका थिए ।

Share this

प्रतिकृया

Add