साफ च्याम्पियनसिपमा नेपाल र भारत खेल्दै

 शनिबार, अशोज ३०, २०७८ | onlinenews

काठमाडौं । तेह्रौं संस्करणको साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारतबीच खेल हुँदैछ । खेल राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ ।
फाइनल खेलमा नेपाली टिमका अन्जन विष्टले भने नखेल्ने बताइको छ । लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण उनले फाइनल खेल खेल्न नपाइउने भएका हुन् । बंगलादेशविरुद्धको खेलमा अञ्जन विष्टले नै बराबरी गोल फर्काएका कारण नेपालले साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनलमा स्थान बनाएको थियो ।
भारत लिग चरणको विजेताको रुपमा र नेपाल उपविजेताको रुपमा फाइनलमा पुगेका छन् । भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक पाएको छ भने नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक रहेको छ ।

प्रतिकृया

Add