गुम्बा निर्माणमा गुणस्तरहित निर्माण समाग्रीको प्रयोग

 शनिबार, अशोज ३०, २०७८ | onlinenews
Share this

रामेछाप– रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. ५ गोगनपानीमा निर्माणाधिन ङग्युर साम्लेन्लिङ गुम्बा तथा अध्ययन केन्द्रको भवनमा गुणस्तरहिन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । गुणस्तहिन निर्माण सामग्री प्रयोग गरिएको भन्दै स्थानीयबासीले निर्माण ब्यवसायिलाई खबरदारी गरेका छन् ।
निर्माणाधिन भवनमा सिमेन्ट, बालुवा लगायतका निर्माण सामग्री गुणस्तरहिन प्रयोग गरिएको स्थानीय सुकराम घिसिङले बताए । आफ्नै आँखा अगाडी भवन निर्माणको काम गरिरहेका मजदुरले डल्ला–डल्ला परेको सिमेन्ट प्रयोग गरेको बताए । गिटी र बालुवा पनि गुणस्तरहिन प्रयोग गरेको घिसिङको भनाई छ । गुणस्तहिन निर्माण सामग्री निर्माण स्थलबाट हटाउन समेत उनले आग्रह गरे ।
स्थानीयले निगरानी गर्दागर्दै पनि निर्माण ब्यवसायिले लापर्बाही गरेर गुणस्तरहिन निर्माण सामग्री प्रयोग गरेको गुम्बा तथा अध्ययन केन्द्र समितिका अध्यक्ष इन्द्र सिं तामाङको आरोप छ । गुणस्तरहिन निर्माण सामग्री प्रयोग नगर्न पटक–पटक आग्रह गर्दा समेत निर्माण ब्यवसायिले अटेर गरेको उनले बताए । निर्माण ब्यवसायिले गुणस्तरहिन निर्माण सामग्री हटाएर गुणस्तरीय निर्माण सामग्री नल्याएसम्म काम अघि बढाउन नदिने अध्यक्ष तामाङले बताए ।


गुणस्तरहिन निर्माण सामग्री हटाएर गुणस्तरीय निर्माण सामग्र नल्याएसम्म निर्माण कार्य अगाडि बढ्न नदिने अर्का स्थानीय जयराम घिसिङको भनाई छ । निर्माण भएको संरचना गुणस्तरीय बनोस् भन्ने आपूmहरुको चाहना रहेको घिसिङको भनाई छ । गुम्बा तथा लामा गुरुहरुले अध्यय गर्ने गराउँने धार्मिक स्थल भएकाले गुणस्तरीय निर्माणको लागि आपूmहरुले खबरदारी गर्दै आएको स्थानीयको भनाई छ ।
गाउँपालिकाले समेत निर्माण ब्यवसायिसँग संरचनाको गुणस्तरमा सम्झौता गर्न नसकिने भन्दै पटक–पटक निर्माण ब्यवसायिलाई सचेत गराउँदै आएको छ । निर्माण ब्यवसायिलाई सचेत गराउँदा गराउँदै पनि गुणस्तरहिन निर्माण सामग्री प्रयोग गरेको पाइएकाले, गुणस्तरीय निर्माण सामग्री ल्याएर गाउँपालिकाले परीक्षण नगरेसम्मको लागि निर्माण कार्य स्थगित गराउने खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।
संस्कृति तथा पर्यटन मन्त्रालयको ८० प्रतिशत र खाँडादेवि गाउँपालिकाको २० प्रतिशत आर्थिक साँझेदारीमा निर्माण भइरहेको गुम्बा तथा अध्ययन केन्द्र निर्माणको जिम्मा पाँचपोखरी निर्माण सेवा प्रा.लिले पाएको थियो ।

Share this

प्रतिकृया

Add