कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

 सोमवार, चैत्र १४, २०७३ | onlinenews

चैत्र १४ काठमाडौं  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । आजको बैठकमा स्थानिय तहको चुनाव, पार्टीको कार्ययोजना लगायतका विषयमा छलफल हुनेछ । हिजो कार्यसम्पादन समिति ६ वर्षपछि बल्ल गठन भएको छ । १३ औं महाधिवेशनबाट नेतृत्व लिएको एक वर्षपछि सभापति शेरबहादुर देउवाले हिजो समितिलाई पूर्णता दिनु भएको हो । सभापति देउवाले कार्यसमिति बैठकमा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका हुन् । समितिले विभागहरुको कामको अनुगमन गर्छ । केन्द्रीय कार्य समितिको बैठक बस्न नसकेको अवस्थामा केन्द्रीय कार्य समितिले गर्ने काम कार्य सम्पादन समितिले गर्नेछ । आज सभापति देउवाले पेश गरेको एजेण्डामा छलफल हुनेछ । लामो समयपछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि सभापति देउवाले नौवटा एजेन्डा प्रस्तुत गर्नु भएको छ । केन्द्रीय सदस्य एनपी साउदका अनुसार तिनै नौ एजेन्डामा केन्द्रित रहेर सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । देउवाले कार्यसम्पादन समिति गठन, ४२ विभाग गठन, स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी समिति गठन, स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन, गाउँपालिका र नगरपालिकाअनुसार पार्टीको सांगठनिक संरचना कसरी निर्माण गर्ने, स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवार चयनको मापदण्ड निर्माण, एकमहिने गाउँ अभियान अभियान सञ्चालनका क्रममा जिल्ला जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिबाट प्रतिवेदन पेस गर्न दिने, पार्टीको साधारण सदस्यता, क्रियाशील सदस्यतालगायत सम्बन्धित विषयमा आवश्यक संशोधन र परिमार्जन गरी प्रंकाशित गर्ने सम्बन्धमा र विविध गरी नौ एजेन्डा राख्नु भएको छ । बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालयमा सानेपामा बोलाइएको छ ।

प्रतिकृया

Add