सहकारीहरुले लगानी कृषिमा केन्द्रीत गर्नुपर्छः नगरप्रमुख वस्नेत

 आइतवार, कार्तिक १४, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले सहकारीहरुले कृषिमा लगानी केन्द्रित गर्नुपर्ने बताएका छन् । नवजागरण सहकारी संस्थाको २३ औँ वार्षिक साधारण सभालाई संवोधन गर्दै नगरप्रमुख बस्नेतले सहकारीहरुले आफ्नो लगानीलाई कृषि क्षेत्रमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगरप्रमुख बस्नेतले सहकारीले सवारी खरिद, जग्गा खरिद, व्यापार तथा व्यवसायमा मात्रै आफ्नो ऋण लगानी बढाएको भन्दै कृषि क्षेत्रमा विशेष ऋण लगानी बढाउनुपर्ने बताए ।
कृषिकहरुबाट सहकारीहरुले ऋण नदिएको गुनासो आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिन बस्नेतले सहकारीहरुलाई आग्रह गरे । कृषि तथा कुटिल उद्योगमा लगानी बढाउन नसकेसम्म आर्थिक सफलता गर्नै नसकिने नगरप्रमुख बस्नेतको भनाई छ ।
एकताको अभावमा मुलुकको समृद्धि हुन नसक्ने उल्लेख गर्दै समन्वय, सह–अस्तित्व स्वीकारेर सहकार्य गरेर अघि बढ्न सके मात्रै मुलुकलाई समृद्धि दिन सकिने नगरप्रमुख बस्नेतको भनाई थियो ।
नगरपालिकामा दर्ता नभई नगरभित्र सञ्चालनमा रहेका सहकारीहरुलाई चाँडै नै नियमन गर्ने पनि उनले बताए । झोलामा रहेर आफ्नो गतिविधि सञ्चालन गर्दै आएका सहकारीहरुलाई चाँडै नै राज्यको मूल प्रवाहमा ल्याइने बस्नेतको भनाई छ । नगरभित्र १ सय ९ वटा सहकारी रहेकोमा हालसम्म ५४ वटा सहकारी मात्रै नगरपालिकासँग जोडिएका नगरप्रमुख वस्नेतले बताए ।

Share this

प्रतिकृया

Add