नवजागरण बचत तथा ऋण तथा सहकारी संस्थाको उल्लेख्य प्रगति

 आइतवार, कार्तिक १४, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २३ औँ वार्षिक साधारण सभामा संस्थाले उल्लेख्य प्रगति गरेको बताइएको छ ।
सहकारीले स्थापनादेखि हालसम्म आइपुग्दा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको संस्थाले जनाएको हो । शेयर सदस्यको आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यले सहकारी ऐन, नियमानुसार वि.सं. २०५५ सालमा साविक मन्थली गा.वि.स.को वडा नं. ७ र ८ लाई कार्य क्षेत्र बनाई प्रतिव्यक्ति मासिक १० रुपैयाँ बचत गर्नेगरी स्थापना गरिएको सहकारीले हालसम्म आइपुग्दा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको हो ।
सहकारीले अहिले आफ्नै लगानीमा डकोरेसन तथा फर्निसिङसहित दुई करोड बीस लाख ३८ हजार रुपैयाँको लगानीमा नौ आना घडेरीमा साँढे चार तले भवन समेत निर्माण गरेको छ ।
गत आर्थिक वर्ष २०७७÷०७८ एक करोड ३९ लाख ३६ हजार ६ सय ५२ रुपैयाँ ७५ पैसा नाफा कमाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा जम्मा ६६ लाख ३१ हजार २ सय ८१ रुपैयाँ नाफा कमाएको सहकारीले २०७७÷०७८ मा ६१ लाख ६५ हजार ५ सय ३८ रुपैयाँ नाफा कमाउने लक्ष्य लिएको थियो । तर, सहकारीले आफूले लिएको लक्ष्यको तुलनामा ७७ लाख ७१ हजार १ सय १४ रुपैयाँ नाफा कमाएको छ । यस्तै, ६ हजार ६ सय ४९ जना शेयर सदस्य वृद्धि गर्ने लक्ष्य लिएको सहकारीले ६ हजार ८ सय ६२ जना शेयर सदस्य बढाउन सफल भएको सहकारीको २३ औँ वार्षिक साधारण सभाको प्रतिवेदनमा उल्लेख छ ।
यो संख्या कुल लक्ष्यको तुलनामा २ सय १३ जनाले बढी हो । आर्थिक वर्ष २०७६÷०७७ मा सहकारीले ६ हजार ३ सय ८७ जना शेयर सदस्य थप गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७६÷०७७ मा ३१ करोड १३ लाख ४४ हजार १ सय ६३ रुपैयाँ बचत सङ्कलन गरेको सहकारीले ०७७÷०७८ मा भने ३५ करोड ७२ लाख ७७ हजार ६ सय २६ रुपैयाँ बचत गर्न सफल भएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले यस वर्ष तीस करोड ९३ लाख ८८ हजार २ सय २५ रुपैयाँ ऋण लगानी गरेको छ । तर, सहकारीले शेयर पुँजी वृद्धिमा भने लक्ष्य अनुरुपको प्रगति हासिल गर्न सकेको छैन । किनभने आर्थिक वर्ष ०७७÷०७८ मा ४ करोड ४९ लाख १ हजार दुई सय शेयर पुँजी प्राप्त गर्ने लक्ष्य लिएको सहकारीले ४ करोड ३५ लाख २८ हजार ४ सय रुपैयाँ शेयर पूँजी मात्र बढाउन सफल भएको हो । यो संख्या सहकारीले लिएको लक्ष्यको तुलनामा १३ लाख ७२ हजार आठ सय रुपैयाँले कमी हो । कोरोना संक्रमणका कारण ऋणीहरुमा परेको प्रभावलाई मध्यनजर गरी सहकारीले यस वर्ष १६ लाख ४३ हजार १ सय ३८ रुपैयाँ बराबरको ब्याज छुट गरेको छ । सहकारीको कुल पुँजी ४९ करोड ३२ लाख ४५ हजार ५ सय ९० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष ०७७÷०७८ को शेयर पुँजी ४३ करोड ५२ लाख ८ हजार चार सय रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष ७६÷०७७ मा ४३ करोड २६ लाख ४ हजार एक सय रुपैयाँ शेयर पुँजी रहेको थियो । यसैबीच, संस्थाले समापनको अबसरमा विभिन्न विधामा उत्कृष्टता प्राप्त गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ ।
नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीले ‘नेफ्स्कुन बागमती प्रदेशस्तरीय उत्कृष्ट सदस्य संस्था २०७५÷७६, छैठौं राष्ट्रिय कर दिवस २०७२÷७३ जिल्लाबाट आयकरतर्फ सबैभन्दा बढी कर दाखिला गरेकोमा सम्मान, नेपाल सरकार, सहकारी विभाग तथा नेफ्स्कुनद्धारा नेपाल स्तरको गुणस्तर सुनिश्चित ब्राण्ड २०२०÷२०२१, ५२ औ राष्ट्रिय सहकारी दिवस २०६५ को डिभिजन सहकारी कार्यालय दोलखाद्धारा प्रादेशिक क्षेत्र अन्र्तगत उत्कृष्ट संस्था र नेफ्स्कुनको ३२ आँै स्थापना दिवसको अवसरमा फिल्ड कार्यालय दोलखा अन्र्तगत उत्कृष्ट बचत कारोबार गरेको’ लगायतका विभिन्न सम्मानहरु प्राप्त गरिसकेको छ ।

प्रतिकृया

Add