वर्षाको कारण रामेछापमा २६९६.७५६ मेट्रिक टन धानबालीमा क्षति

 सोमवार, कार्तिक १५, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । धानमा पूmल पूmलीसकेपछि परेको वर्षको कारण यस वर्ष रामेछापमा धानबालीमा ठूलो क्षति भएको छ । वर्षाका कारण २६ सय मेट्रिकटन भन्दा बढी धानबालीमा क्षति भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को जेठ महिनादेखि सुरु भएको वर्षाबाट जिल्लाकाभरी दुई हजार ६ सय ९६.७५६ मेट्रिकटन धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ ।
कृषि ज्ञान केन्द्र रामेछापका अनुसार मन्थली नगरपालिकामा १ हजार ८ सय ५४.६ मेट्रिकटन, रामेछाप नगरपालिकामा ५९.०१ मेट्रिकटन, खाँडादेबी गाउँपालिकामा ३५.१२५ मेट्रिकटन, सुनापती गाउँपालिकामा १ सय ६८.६ मेट्रिकटन, गोकुलगंगा गाउँपालिकामा ५ सय ६२ मेट्रिकटन, उमाकुण्ड गाउँपालिकामा ४.२१५ मेट्रिकटन र लिखुतामाकोशी गाउँपालिकामा १३.२०७ मेट्रिकटन धानबालीमा क्षति पुगेको छ ।
यसवर्ष खाँडादेवी गाउँपालिकामा २५० हेक्टर क्षेत्रफलमा धान रोपाई गरिएकोमा ५% अर्थात १२.५ हेक्टर जमिनमा लगाइएको धानबालीमा क्षति पुर्याएको हो । यस्तै, रामेछाप नगरपालिकामा १७५ हेक्टर भू–भागमा धान रोपाई गरिएकोमा ८% अर्थात् २१ हेक्टर जमिनमा क्षति भएको छ भने मन्थली नगरपालिकामा ११ सय हेक्टर जमिनमा रोपाई गरिएकोमा ६ सय ६० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । यसैगरी, सुनापती गाउँपालिकामा ४ सय हेक्टर जमिनमा धान रोपाई गरिएकोमा १०.१५ प्रतिशत अर्थात ६० हेक्टरमा क्षति पुगेको थियो भने गोकुलगंगा गाउँपालिकामा २ सय ५० हेक्टर जमिनमा धान रोपाईँ गरिएकोमा ८० प्रतिशत अर्थात दुई सय हेक्टर धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र रामेछापले जानकारी दिएको छ । यसैबीच, उमाकुण्ड गाउँपालिकामा १ सय ५० हेक्टर जमिनमा धान रोपाई भएकोमा एक प्रतिशत अर्थात् १.५ हेक्टर भू–भागको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख निर्मला गुरुङले जानकारी दिइन । कार्यालय प्रमुख गुरुङका अनुसार लिखुतामाकोशी गाउँपालिकामा ४.७ हेक्टर धानबालीमा क्षति पुगेको छ । १ हजार ५ सय ४८ वर्ग किलोमिटर कुल भू–भाग रहेको हिमाली जिल्ला रामेछापमा ५ सय ९ दशमलव ०८ वर्ग किलोमिटर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये यसवर्ष दुई हजार ८ सय २५ हेक्टर भू–भागमा धान रोपाई गरिएको थियो । धान रोपाईँ गरिएको कुल भू–भागको ९ सय ५९.७ हेक्टर धानबालीमा वर्षाले क्षति पुर्याएको कार्यालय प्रमुख गुरुङले बताइन ।

 

प्रतिकृया

Add