रामेछापमा १८ वर्षमाथिका ४८ प्रतिशतले खोप लगाए

 शुक्रबार, कार्तिक २६, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । रामेछापमा ४८ प्रतिशतभन्दा बढी नागरिकहरुले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयले १८ वर्षमाथिका एक लाख ३७ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो ।
हालसम्मको अवधिमा जिल्लाका १८ वर्षभन्दामाथि उमेर समूहका ४८.३३ प्रतिशत नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कुल लक्ष्यको तुलनमा जिल्लाका ७० हजार ७ सय ८१ जना अर्थात् ५१.६७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको कुनै पनि मात्रा खोप लगाएका छैनन् । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म ६० हजार ६ सय ४३ जनाले कोरोना विरुद्धको पूर्णमात्रामा खोप लगाएका छन् भने पाँच हजार ५ सय ७६ जनाले पहिलो मात्राको खोप लगाएका छन् । जिल्लामा कोरोना विरुद्धको पहिलो र दोस्रो मात्रामा खोप लगाउनेको कुल संख्या ६६ हजार २ सय १९ जना रहेको स्वास्थ्य कार्यालय रामेछापका सूचना अधिकारी राजेशप्रसाद पालले जानकारी दिए । जिल्लामा गत वैशाखदेखि हालसम्मको अवधिमा तीन हजार १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई जना मात्रै सक्रीय संक्रमित रहेका छन् । उनीहरु होम आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमणबाट जिल्लाका २३ जनाको ज्यान गएको छ । जसमध्ये जिल्लाभित्रै मृत्यु हुनेको संख्या १३ जना रहेको छ भने १० जनाको जिल्लाबाहिर मृत्यु भएको हो । मृत्यु हुनेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन् ।

Share this

प्रतिकृया

Add