रामेछापका सुमन कार्की बक्सिङ्ग प्रतियोगिताको फाइनलमा भिड्दै

 बिहिबार, मंसिर २, २०७८ | onlinenews

रामेछाप । रामेछाप पकरबासका सुमन कार्की प्रकाश दाहाल स्मृति दोश्रो राष्ट्रिय महिला तथा पुरुष बक्सिङ्ग प्रतियोगिता २०७८ को फाइनलमा प्रवेश गरेका छन । बिहीबार भएको खेलमा एपीएफका सुमन कार्कीले ६७ केजी तौल समूहमा बक्समाण्ड क्लवका दावा छिरिङ लामालाई हराउँदै फाइनलमा पुगेका हुन् ।
त्यसैगरी ७१ केजी समूहमा एपीएफका विकास लामाले रेज क्लवको कोसिश श्रेष्ठलाई हराउँदै फाइनलमा पुगेका छन् । एपीएफका अर्का खेलाडी पुरण राईले एचटुओका बुद्ध ग्याम्जो लामालाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् भने एपिएफकै सोनाम सार्की काँस्कीका सागर परियालाई हराउँदै फाइनलमा पुगेका छन् । फाइनल खेल शुक्रबार हुनेछ ।
प्रतियोगिता नेपाल बक्सिङ्ग संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराँते हलमा सञ्चालन भइरहेको छ ।

प्रतिकृया

Add