चुनावि अभियानलाई तीब्र बनाउने एमाले रामेछापको निर्णय

 सोमवार, चैत्र १४, २०७३ | onlinenews

चैत्र १४, रामेछाप । नेकपा एमाले रामेछापको सोमबार सदरमुकाम मन्थलीमा बसेको जिल्ला पार्टीको बैठकले जिल्लामा चुनावि अभियानलाई तीब्र बनाउने निर्णय गरेको छ ।
चुनावि माहोललाई आफ्नो पक्षमा पार्न अभियान कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्न बोलाएको बैठकले चुनावि अभियानको कार्यक्रम समेत तय गरेको छ ।
बैठकले जिल्लाको नयाँ संरचनाअनुसार नगर तथा गाउँपालिका कमिटी गठन गरेको नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिए ।
नयाँ संरचनाअनुसार जिल्लाका २ नगरपालिका र ६ गाँउपालिकामा स्थानीय निकायको अधिकारलाई उपयोग गरी छिटो छरितो र पारदर्शी रुपमा जनतालाई सेवा प्रदान गर्न र स्थानीय निकायमा एमालेको बर्चस्व कायम गर्न सशक्त र जुझारु कमिटी गठन गरिएको नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कार्कीले बताए ।
एमालेले नँया संरचनाअनुसार गाउँपालिकाहरुको इञ्चार्ज, संयोजक र सह–संयोजकहरु पनि आजको बैठकबाट तोकेको छ । जसमा उमाकुण्ड गाँउपालिकाको संयोजक चित्र कार्कीलाई बनाएको छ भने सह–संयोजकमा–शेरबहादुर सुनुवारलाई चयन गरेको छ । त्यसैगरी गोकुलगंगा गाँउपालिकाको संयोजकमा– खड्ग सुनुवार, सह–संयोजक इश्वरी घिमिरे,  लिखु गाउँपालिका– संयोजक उद्धव कडेरिया, सह–संयोजक– रत्न दर्जी, दोरम्वा– संयोजक कुमार कँडेल, सह–संयोजक कोमल ढुङ्गेल, खाँडादेवि– संयोजक–ज्ञानकुमार श्रेष्ठ, सह–संयोजक– प्रेमबहादुर खड्का, सुनापति गाउँपालिकाको संयोजक– रामकृष्ण लामा र सह–संयोजकमा– प्रदिप योञ्जनलाई चयन गरेको छ ।
त्यसैगरी मन्थली नगरपालिकाको संयोजक– कृष्णहरि अधिकारी र सह–संयोजकमा लव श्रेष्ठ रहेका छन् । त्यस्तै रामेछाप नगरपालिकाको संयोजक–युगराज पाख्रिन र सह–संयोजकमा शान्ता पौडेललाई चयन गरेको छ भने सदस्यहरुमा पूर्व गाँउ पार्टी कमिटिका पदाधिकारी, सम्वन्धित गाँउ तथा नगरपालिका अन्र्तगतका क्षेत्रीय सदस्य लगायत रहने एमाले रामेछापले जनाएको छ ।
जिल्ला अध्यक्ष, सचिव लगायतका पदाधिकारीले इञ्चार्जको भूमिका निर्वाह गर्ने पनि बैठकले निर्णय गरेको प्रचार विभाग प्रमुख कार्कीले जानकारी दिएका छन् ।
बैठकले अध्यक्ष शान्तिप्रसाद पौडेललाई रामेछाप नगरपालिका सहित उमाकुण्ड गाँउपालिका र गोकुलगंगा गाँउपालिकाको इञ्चार्जको जिम्मेवारी दिएको छ भने सचिव आनन्द श्रेष्ठलाई मन्थली नगरपालिका इञ्चार्जको जिम्मेवारी दिएको छ ।
खाँडादेवि र सुनापति गाँउपालिकाको इञ्चार्जमा उपाध्यक्ष प्रेम तामाङ्ग, लिखु र दोरम्वा गाँउपालिकामा उप–सचिव झम्क कँडेललाई इञ्चार्ज तोकिएको छ ।
नयाँ जिम्मेवारी अनुसार तत्कालै बैठक बसी वडा तथा नगरकमिटीलाई परिचालन गर्ने सचिव–आनन्द श्रेष्ठले जानकारी दिए । गाउँपालिका र नगरपालिका कमिटीले संगठन तथा जनवर्गीय संगठन,  पुनर्गठन गर्ने, मतदाता सूचि संकलन गर्ने र मतदाता साक्षरता कार्यक्रम समेत संचालन गर्ने उनले बताए ।
बैठकले ६ गाँउपालिका र दुई नगरपालिकामा तत्कालै पार्टी कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको श्रेष्ठले बताए । उनकाअनुसार गाँउ तथा नगर कमिटिले माथिल्लो कमिटिको पदाधिकारी र सचिवालयको परामर्समा निर्वाचन सम्वन्धि कार्यक्रम संञ्चालन गर्नेछन् ।

प्रतिकृया

Add