पाँच महिनामा ३४ वटा घरेलु हिंसाका घटना दर्ता

 बिहिबार, मंसिर ९, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । अघिकांश घरेलु हिंसासँगका घटनामा महिलाहरु पीडित भएका छन् । महिला तथा बालबालिकाको, मानव अधिकार संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने नाममा विभिन्न नामबाट अभियानहरु सञ्चालन हुने गरेका छन् ।
देश संघीय संरचनामा गएसँगै जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागिता पनि रहेका छ । राजनीतिक दल र सरकारमा समेत महिलाको उल्लेख्य प्रतिनिधित्व भए पनि महिला हिंसाको भने अन्त्य हुन सकेको छैन ।
बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका घेरेलु हिंसाबाट प्रताडीत छन् । चालु आर्थिको पाँच महिनामा जिल्ला प्ररही कार्यालय रामेछापमा ३१ वटा घरेलु हिंसासम्बन्धी घटना दर्ताको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
गएको साउन, भदौँ, असोज, कात्र्तिक र मंसिर महिनाको हालसम्म घरेलु हिंसासम्बन्धी १३ वटा जाहेरी र १८ वटा ठाडो निवेदन दर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्रहरीमा दर्ता हुन आएका अधिकांश घटनाका पीडित महिला छन् ।
प्रहरीमा दर्ता १३ वटा जाहेरी मध्य पाँच वटाको मिलापत्र गरिएको र पाँच वटाको टुंगो लाग्न बाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै, दुई वटा जाहेरीसँग सम्बन्धित व्यक्ति सम्पर्कमा आएका छैनन् भने एउटा जाहेरीसँग सम्बन्धित घटनालाई दोलखा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । गत वर्ष २०७७÷०७८ मा घरेलु हिंसासम्बन्धी २८ वटा जाहेरी र १६ वटा ठाडो उजुरी प्रहरीमा दर्ता भएका थिए ।
गत वर्षको पुरै अवधिमा दर्ता भएको घरेलु हिंसासम्बन्धी ठाडो उजुरीको तुलनामा यस वर्ष करिब पाँच महिनामै दुई वटा उजुरी बढी देखिन्छ । दर्ता भएका अधिकांश घटनाहरु खाना लाउन नदिएको, कुटपिट, झैँझगडा तथा अपहेलना गरेकोजस्ता विषयसँग सम्बन्धित रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

Share this

प्रतिकृया

Add