लैङ्गिक हिंसा घरभित्रबाटै अन्त्य गर्नु पर्नेमा सरोकारवालाको जोड

 बिहिबार, मंसिर ९, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मन्थली नगरपालिकाले अभियानको पहिलो दिन र्याली निकाल्नुका साथै दीप प्रज्वलन गरेको छ ।
आज बिहान महिला हिंसा विरुद्धका विभिन्न प्लेकार्ड सहित सचेतनामूलक ¥याली निकालेको नगरपाकिाले साँझ दीप प्रज्वलन गरेको हो । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने रहेको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको थियो ।
नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । अभियानको पहिलो दिन आज बिहान निकालिएको र्यालीमा जनप्रतिनिधि, कर्मचारी, महिला, अधिकारकर्मी, व्यवसायि लगायतको सहभागिता रहेको थियो । र्यालीपछि देबकोटा चोकमा आयोजित कोणसभामा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले हिंसाका घटना घरभित्रैबाट हुने भएकाले यसको अन्त्य पनि घरभित्र बाटै गर्नु पर्ने बताए ।

बस्नेतले नगरपालिकाले १६ दिनसम्मका लागि विभिन्न कार्यक्रम तय गरेको बताउँदै हिंसा विरुद्धको कार्यक्रममा सहभागिता जनाउन नागरिकलाई आग्रह गरे । यो वर्ष मन्थली नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले त्यसका लागि आवश्यक तयारी भइरहेको पनि बताए । प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले हिंसाका घटना सहेर नबस्न सबैलाई आग्रह गरे ।
जनसंख्याको ५० प्रतशित रहेको महिला अहिले पनि हिंसामा पर्नु भनेको अत्यन्तै दुखद भएको प्रजिअ पहाडीको भनाई छ । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले मंसिर १० गते टोल सुधार समितिलाई लैङ्गिक हिंसा विरुद्धको सचेतना कक्षा सञ्चालन गर्ने, मङ्सिर १२, १३ र २१ गते विभिन्न वडामा किशोरीका लागि लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, १५ गते एड्स विरुद्धको दिवस, १९ गते स्वास्थ्य स्वमसेवीका दिवस र २० गते पाठेघर परीक्षणको कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
यस्तै मंसिर १७ गते नगरपालिकासँगको सहकार्यमा अपाङ्ग सचेतन केन्द्रले अपाङ्ता दिवस आयोजना गर्ने, २३ गते पर्ने भ्रष्टाचार विरुद्धको दिवस मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखा र मानव अधिकास संरक्षण सञ्जासँगको सहकार्यमा र मानव अधिकार दिवस तथा अभियानको समापन कार्यक्रम मंसिर २४ गते नगरपालिकाको सहकार्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले आयोजन गर्ने बताइएको छ ।

Share this

प्रतिकृया

Add