शिक्षक र विद्यालय नर्सलाई आँखा उपचार तालिम

 शनिबार, मंसिर ११, २०७८ | onlinenews
Share this

रामेछाप । रामेछापका तीनवटा पालिकाका शिक्षक र विद्यालय नर्सलाई आधारभूत आँखा उपचार तालिम दिइएको छ । मानिसको संबेदनसिल अंङ्गको रुपमा रहेको आँखामा समस्या आउँदा गर्नुपर्ने प्राथमिक उपचार, अपनाउनु पर्ने सावधानी र दृष्टि सधै स्वस्थ राख्न के गर्नु पर्छ भन्ने बारेमा तालिम दिइएको थियो ।
गुणस्तरीय शिक्षामा स्वस्थ दृष्टि भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सामुदायिक आँखा केन्द्र मन्थलीले जनाएको छ । विद्यार्थीहरुको आँखामा चोट लाग्दा के गर्ने, मोतियाबिन्दु, जलबिन्दु भएको कसरी थाहा पाउने, दृष्टि परीक्षण कसरी गर्ने, आँखामा हुने सामान्य समस्याहरुको बारेमा समेत प्रशिक्षण दिइएको तिलगंगा आँखा प्रतिष्ठानका बाह्य विभाग प्रमुख खेम गुरुङले जानकारी दिए । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतका १८ वटा शाखामा प्रशिक्षण सञ्चालन गरिने पनि गुरुङले बताए ।
१८ वटै शाखामा तालिम सञ्चालन गर्ने लक्ष्य राखिएको भएपनि यो वर्ष कोभिडका कारण ९ वटा शाखामा मात्र तालिम सञ्चालन गर्न सकिएको गुरुङको भनाई छ । हरेक जिल्लामा एक÷एक जना शिक्षक र विद्यालय नर्सलाई आँखा सम्बन्धि तालिम दिने कार्यक्रमको उद्देश्य रहेको वाह्री विभाग प्रमुख गुरुङले बताए । तिलगंगा आँखा प्रतिष्ठान, सामुदायिक आँखा केन्द्र र हिमालयन क्याट्र्याक परियोजना युएसएको संयुक्त आयोजनामा भएको तालिममा मन्थली नगरपालिका, रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिका गरि ६० जना शिक्षक र विद्यालय नर्सको सहभागिता रहेको सामुदायिक आँखा केन्द्र मन्थलीले जनाएको छ ।

Share this

प्रतिकृया

Add