नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
नवराज विश्वकर्मा
रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं. १ गुम्देलमा नेकपा एकीकृत समाजवादी पार्टीको वडा कमिटी गठन भएको छ । तिलकबहादुर कार्कीको नेतृत्वमा ३९ सदस्यी कमिटी गठन भएको हो ।
गुम्देल बजारमा सम्पन्न भेलाले कमिटी गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टी रामेछापका अध्यक्ष रमेशकुमार बस्नेतले जानकारी दिए । यसैगरी अनेरास्ववियु गुम्देल गाउँ कमिटी गठन गरिएको पनि अध्यक्ष बस्नेतले जानकारी दिए ।
यसैबीच, सोही गाउँपालिकाको वडा नं. २ बाम्ती भण्डारमा नेकपा एसको वडा कमिटी तथा कार्यकर्ता भेलाको कार्यक्रम रहेको सहकर्मी कैलाश खत्रीले जानकारी दिए ।