कांग्रेस नेता शासंक रामेछाप आउँदै

 मङ्लबार, चैत्र १५, २०७३ | onlinenews

चैत्र १५, रामेछाप ।  नेपाली कांग्रेसका महामन्त्री डाक्टर शासंक कोइराला मंगलबार रामेछापको पकरबास आउने भएका छन् । नेपाली कांग्रेस रामेछापले स्वर्गीय नेपाली कांग्रेस रामेछापका पूर्व सभापति, पूर्व कृषि सहायक मन्त्री रामहरि ढुङ्गेलको १३ औं पुण्य तिथिको दिन पारि

Nepali Congress leader Shashankha Koirala. Photo: RSS

आयोजना गर्न लागेको श्रद्धाञ्जली सभालाई संवोधन गर्न कोइराला रामेछापको पकरबास आउँन लागेका हुन् ।
रामेछाप जिल्लाको पकरबास निवासी पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको यही चैत्र २ गते डिल्लीबजारस्थित डेरामा निधन भएको थियो ।
मृतक ढुङ्गेलले रामेछापको सदस्य सचिव, सभापति लगायत विभिन्न पदमा रहेर काम गरेका थिए । रामेछापको क्षेत्र नं.  २ बाट सांसद निर्वाचित भएका उनले लोकतन्त्रको पक्षमा सक्रिया हुँदा पटक–पटक जेल जीवन समेत विताउनु परेको थियो ।
मंगलबार नेपाली कांग्रेस रामेछाप स्वर्गीय ढुङ्गलकोे जन्म स्थल रामेछापको पकरबासमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । परकबासको ठाँटीमा आयाजेना गरिने श्रद्धाञ्जली सभामा प्रमुख अतिथिको रुपमा संवोधन गर्न कोइराला पकरबास आउन लागेको नेपाली कांग्रेर रामेछापका सचिव लेखबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रतिकृया

Add