नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला संघठन कमिटि रामेछापको पहिलो सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय मन्थलीमा पोलिटव्युरो सदस्य देवशंकर पौडेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
पार्टीको पालिका तथा वडा कमिटि भेला एवं पार्टी कार्यालयहरुको उद्घाटन समीक्षा गर्दै भावि रणनीति र कार्यायोजना तय गर्दै सम्पन्न भएको हो । बैठकमा पोलिटव्युरो सदस्य देवशंकर पौडेल, केन्द्रीय सदस्य शान्ता सापकोटा, प्रदेश कमिटि सदस्यहरु बलराम खड्का, श्रीहरी श्रेष्ठ, बैकुण्ठ पौडेल, दुर्गाबहादुर घिमिरे लगायतको उपस्थिति रहेको थियो । पार्टी पदाधिकारी, सचिवालय सदस्यहरुको सहभागितामा मासिक योजना तय भएको पार्टी सचिव लालसिंह घिसिङले जानकारी दिए ।